अनसनरत डा. केसीको वार्ता विना निष्कर्ष टुंगियाे, केसीकाे अनसन अनिश्चित बन्दै!

SHARES
Share on FacebookShareTweet on TwitterTweet

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि २६ दिनदेखि अनशनरत डा गोविन्द केसीकाको माग संबोधन गर्ने विषयमा सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच भएकाे वार्ता विना निष्कर्ष टुंगिएको छ ।

सरकारले वार्तामा बोलाएर उठाइएकाे माग प्रति ठाेस कुरा नगरी असंबेदनशीलता देखाएको वार्तामा संलग्न डा. केसीका सहयोगी वरिष्ठ अधिकारी सुरेन्द्र भण्डारीले बताए।उनका अनुसार सरकार सरकार डा. केसीका माग प्रति असंवेदनशील र गम्भीर नभएका कारण वार्ता असफल भएको हाे।

उनले भने,‘केसीको माग प्रति सरकार प्रवेश गर्न चाहेन, विभिन्न समयमा वार्तामा बोलाउने र झुक्याउने काम मात्र गर्यो जसका कारण वार्ता असफल भयो।’

सरकारकाे रवैयाकाे कारण वार्ता अनिश्चत बन्दै गइरहेकाे डा. केसीका सहयाेगीहरु बताउँछन्।