अन्तत निर्मला हत्याकाण्डले लियो नयाँ मोड ! फेरी बाहिरियो यस्तो नयाँ रहस्य… ( भिडियोसहित )

SHARES
Share on FacebookShareTweet on TwitterTweet

विचौलिया प्रकृतिका तत्वले निर्मला हत्याकाण्ड सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गुमराहमा पार्न खोजे पनि राज्यका अंगहरु भने यस प्रकरणमा गम्भीर देखिएका छन् ।

नेपाल प्रहरी र उच्चस्तरीय छानविन समिति निर्मला हत्याकाण्डमा गम्भीर देखिएका हुँदा हत्यारा पक्राउ पर्ने संकेतसँगै प्रमाण मेटाउन खोज्ने सबै प्रहरीमाथि कारबाही हुने लक्षण देखिएको छ ।

शुक्रबार उच्चस्तरीय छानविन समित स्थलगत कार्य सकेर काठमाडौं फर्किएको छ । काठमाडौं फर्कनुअघि आयोजित पत्रकार सम्मेलनमा समितिले प्रहरीले अनुसन्धानमा लापरवाही गरेको प्रारम्भिक ठहर सार्वजनिक गरेको छ ।

शव पाइएको स्थलको सुरक्षामा लापरवाही गरिएको समितिका संयोजक तथा सहसचिव हरिप्रसाद मैनालीले बताए ।

उनले समितिले घटनाका सबै पक्षसँग सोधपुछ गरिएको बताए पनि छानविन जारी रहेकाले थप तथ्य बताउन नमिल्ने बताए ।