अभिनेत्री सुष्मा कार्की मलेसिया पुगेर किन रोइन् ?

SHARES
Share on FacebookShareTweet on TwitterTweet

यतिबेला अभिनेत्री सुष्मा कार्की मलेसिया पुगेर रोएको भिडियो सार्वजनिक भएको छ । अाखिर उनी किन रोइन् ? उनको भिडियो र तस्बिर बाहिरिएको छ । पछिल्लो समय चलचित्र उद्योगमा कमै देखिने सुष्मा मलेसियातिरको उडान भर्ने गरेकी छन् ।

मलेसियातिर उडान भर्दै गर्दा धोका पाएपछि उनी रुन पुगेकी हुन् । उनले धोका भने मलेसियामा रहेका पासाङ तामाङसँगको प्रेममा धोका खाएको बुझिएको छ ।

अब नेपालमा पनि उनी धेरैसँग धोका खाएको हल्ला चलेकै हो तर यतिबेला मलेसियामै रहँदै आएका तामाङसँग धोका खाएपछि विकल्पमा रुनुबाहेक अरु केही नभएको बुझिएको छ ।

नेपालकी ग्ल्यामर नायिकाको रुपमा परिचय बनाएकी सुषमा कार्की र मलेसियामै कार्यरत रहेका पासाङ तामाङको अभिनय रहेको म्यूजिक भिडियो मैले हार्दा के भो प्रिय गीतको म्यूजिक भिडियो यतिबेला सार्वजनिक भएको छ ।

गीतकार पासाङ तामाङको एकल रचना रहेको एल्बम तिम्रो यादमाभित्र रहेको पहिलो नम्बरको गीत मैले हार्दा के भो प्रियलाई मनिपाल राईले संगीत भरेका हुन् ।

अन्जु पन्तको स्वर रहेको उक्त गीतमा हट नायिका सुषमासँग गीतकार पासाङ, गीता राई, विनिता तामाङको अभिनय रहेको छ ।

सुन्दर लावतीको निर्देशन रहेको उक्त म्यूजिक भिडियोमा जीवन सेन्चुरीले छायाँकन गरेका हुन् भने अर्जुन पोखरेलले सम्पादन गरेका हुन् । शुभकामना मिडिया सोलुसनबाट बजारमा आएको यस गीत यतिबेला म्यूजिक नेपालबाट यूट्यूबमा सार्वजनिक भएको हो । उक्त गीतको भिडियो यहाँ क्लिक गरेर हेर्न सक्नुहुनेछ ।