अमेरिकासम्म पुग्ने गोप्य सुरुङ भेटियो, भित्रको तथ्य देख्दा विश्व चकित

SHARES
Share on FacebookShareTweet on TwitterTweet

अमेरिकासम्म पुग्ने गोप्य सुरुङ भेटियो, भित्रको तथ्य देख्दा विश्व चकित ! [८ तस्विर]

वासिङ्गटन । अमेरिकी अधिकारीहरूले एरिजोना राज्य अन्तर्गत मेक्सिकोसँग जोडिएको सीमामा एउटा गोप्य सुरुङ पत्ता लगाएको छ । ६ सय फीट लामो उक्त सुरुङ एउटा रेस्टुरेन्टबाट सुरु भएर मेक्सिकोमा खुल्ने गर्दछ । प्रहरीका अनुसार यस गोप्य सुरुङ मार्गलाई तस्करी गर्न प्रयोग गर्ने गरिएको थियो । प्रहरीले केही दिन अगाडि एउटा ट्रकमा ठुलो मात्रामा मेथाम्फेटामाइन, कोकीन, हेरोइन र फेन्टानाइल जस्ता लागु पदार्थ पक्राउ परेपछि उक्त ट्रक, रेस्टुरेन्ट र उक्त भवनका मालिक इभान लोपेजलाई गिरफ्तार गरिएपछि यस कुराको पत्ता लागेको छ ।

हाल बन्द रहेको उक्त केएफसी रेस्टुरेन्ट मेक्सिको र अमेरिकी सीमाबाट लगभग १८० मिटरको दूरीमा सान जोस सहरमा रहेको बताइएको छ । अमेरिकामा पटक पटक यस्ता भूमिगत सुरुङ भेटिनुले सुरक्षा चासो बढेको बताइएको छ । दुई वर्षअगाडि क्यालिफोर्निया राज्यको सान डिएगो सहरमा यस्तै प्रकारको २ हजार ६ सय फीट लामो सुरुङ पत्ता लागेको थियो । यसलाई पनि लागु(औषध तस्करीका लागि प्रयोग गर्ने गरिएको बताइएको छ । गत जुलाइमा मात्रै सीमा सुरक्षा दलले १५ किलोग्राम हेरोइन, ३ सय २७ किलो मेथामफेटामाइन एक हजार ९ सय किलो मरिजुआना बरामद गरेको थियो ।