उमेश_यादव_अपडेट एक चोटि अवश्य पढनुहोला !!

SHARES
Share on FacebookShareTweet on TwitterTweet

#उमेश_यादव_अपडेट
उमेश यादवलाई मृत्युदण्डको सजाय सउदीको जुवेल स्थित जेनरल कोर्टले सुनाइ सकेपछि उसको जिवन रक्षार्थको लागि सजाय सुनाइएको ३० दिन भित्र नै अपिल कोर्टमा नेपाल दुतावास द्वारा अपिल गरिएको थियो । त्यहि बिचमा पाकिस्तानी परिवारले माफीनामाको लागि दिएको मंजुरनामा पनि अपिलको कागजात संगै संग्लन गरि अदालतमा जम्मा गरिएको थियो ।

अपिल माथि आजको मिती सम्म अदालतबाट कुनै फैसला भएको छैन । निरन्तर हामी दुतावास संग सम्पर्कमा छौं । हिजो मात्र दुतावासले जानकारी गराएको छ कि सबै कागजात अहिले सम्म सउदीको दम्माम स्थित अदालतमा रहेको छ ।

फैसला कहिले हुन्छ? यस वारे अदालतले फैसलाको मिती नजिक आएको बेला मात्र उमेश यादव र दुतावासलाई जानकारी गराउंछ । चांडो फैसला गर भनेर सउदीको अदालत माथि दवाब बनाउन मिल्दैन तर नेपाल दुतावासले बेला बेलामा फलोअप गरि राखे भन्ने अदालत फैसला गर्न धेरै समय नलिन पनि सक्छ ।

यता, बल्डमनि वापत जम्मा रकम मध्य नेरू ३० लाख परराष्ट्र मन्त्रालय मार्फत पाकिस्तान स्थित नेपाल दुतावासमा जम्मा भईसकेको छ । सउदी अदालतबाट उमेशको हकमा फैसला आए पश्चात मात्र दुतावासले पिडीत पाकिस्तानी परिवारलाई जिम्मा लगाउने लिखीत मंजुरनामा मेरो दोस्रो पाकिस्तान दौराको बेला भएको थियो । त्यो मंजुरनामा सार्वजनिक गर्न नमिले पछि गोप्य राखिएको छ तर सम्बन्धित सबै निकायमा पुगिसकेको छ । उमेश यादवको फैसला हुनसाथ ब्लडमनि संकलन गरिएको रकमको एक-एक हिसाब हामी सार्वजनिक गर्नेछौं ।

यति जानकारी पश्चात पनि कसैलाई कुनै शंका भए कृपया सम्बन्धित निकायमा सम्पर्क राख्न अनुरोध गरिन्छ । साथै संकलन रकम वारे कसैलाई पनि कुनै जानकारी चाहियो भन्ने कृपया म संग आएर सिधा भेट्न अनुरोध गर्दछु ।

धन्यवाद !

फोटो@ सउदी स्थित नेपाल दुतावासले पठाएको जानकारी