उरुसा बनिन् दोस्रो मिस ग्रान्ड नेपाल (तस्विरहरू सहित)

SHARES
Share on FacebookShareTweet on TwitterTweet

शनिबार ललितपुरको हेरिटेज गार्डेनमा आयोजना बह्येको दोस्रो ‘मिस ग्रान्ड नेपाल ईन्टरनेसनल २०१८ ” को उपाधि काठमाडौंकी उरुसा जोशीले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस ग्रान्ड नेपाल ईन्टरनेसनल ’को उपाधि जितेकी हुन् । प्रतिस्पर्धाका प्रमुख निर्णायक रामहरी सिल्वालले सोधेको–‘तपाई मिस ग्राण्ड नेपाल २०१८ को उपाधि विजेताका रुपमा नेपालको संसदमा उपस्थित भएर वर्तमान अवस्थालाई विचार गरी नेपाल र नेपालीको हकमा बोल्नु परेमा, कुन विषयमा आवाज उठाउनु हुन्छ होला र किन भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले उपाधि जितेकी हुन् । उनलाई ‘मिस ग्रान्ड नेपाल २०१७ की ’ जिनस लामाले क्राउन पहिराइदिएकी थिइन् उनले मेरो सुरक्षा – बेस्ट वाकको टाइटल समेत पाइन् ।

जोशीले उपाधि जितेसँगै आगामी सेप्टेम्बरमा बर्मामा आयोजना हुने ‘मिस ग्रान्ड ईन्टरनेसनल ’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् साथै उनले नगद पचास हजार ,सुजुकी स्कुटर पनि प्राप्त गरिन् । प्रतियोगीतामा बेस्ट पर्सनालेटीको टाइटल संगै फस्ट रनर अपको उपाधि धरानकी इक्सा मादेनले र बेस्ट ट्यालेन्ट र बेष्ट फोटोजेनिकको टाइटल संगै ‘सेकेन्ड रनर अप ’को उपाधि चितवनकी रिया गैरेले जितिन् । उनहरु लाई क्रमश तिस हजार र बिस हजार प्राप्त गरिन् ।

त्यस्तै बेस्ट फिगर र बेस्ट स्पीच ललितपुरकी सुष्मिता तामांग ,बेस्ट मल्टीमेडिया चितवनकी संजिता रानाभाट ,बेस्ट रिपोर्ट राईटिंग काठमाडौँकि सारा कपालीले हात पारिन ।
आर के ईन्टरटेनमेन्ट ग्रुपले आयोजना गरेको यस बर्षको ‘मिस ग्रान्ड नेपाल २०१८’मा हिसानका महासचिव रामहरी सिल्वाल , मिस नेपाल २००० उषा खड्की , चर्चित नायिका निता ढुंगाना , बरिस्ठ फोटोग्राफर राज भाई सुवाल, इन्द्रिरा राना मगर , ब्युटिसियन सिता पाठक , नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरे , नायक तथा मोडल दीक्पाल कार्की , चलचित्र बोबिका नायक उमेश थापा लगायत निर्णायकको रुपमा रहेका थिए ।

उत्तम्स क्रियसन् र सेन्ट्रल फेशन हब ललितपुरको बिधार्थी हरुको डिजाइनमा तयार पारिएको गाउनमा प्रतियोगीहरु सजिएका थिए भने ‘मिस ग्रान्ड नेपाल ईन्टरनेसनल २०१८ ” आयोजना गर्न नेपाल आइस नेचुरा बियर , सुजुकी टु व्हीलर्स, मेगा बेंक , मेरो सुरक्षा लगायतको प्रायोजन रहेको थियो ।