एकजना भन्दा बढीसँग सम्बन्ध बनाउँनुहुँदैछ कण्डमले पनि बचाउन सक्दैन यी खतरनाक चार यौन रोग

SHARES
Share on FacebookShareTweet on TwitterTweet

एजेन्सी । कण्डमलाई परिवार नियोजनको अस्थाई साधनको रुपमा प्रयोग गरिन्छ साथै यसले यौनसँग सम्बन्धित रोगहरुबाट पनि बचाउछ भनेर प्रयोग गर्ने गरिन्छ । तर केहि यस्ता रोगहरू छन जुन रोगलार्इ कण्डमले पनि बचाउन सक्दैन । कुन रोग हुन त कण्डमको प्रयोगले पनि बचाउन नसक्ने ति रोगहरूको बारेमा जानकारी दिएको छ । जानी राखौ के के हुन् ती रोगहरु

एचपीभी यो भाईरसलाई खतरनाक भाईरसको रुपमा लिन सकिन्छ । यो भाईरस १५० भन्दा बढी सम्बन्धित भाइरसहरुको समुह हो । यो ठुलो समूहको भाईरसले पहिला छालामा मुसा जस्तो गिर्खा पैदा गराउछ भने कहिले महिलाहरुमा यौनअंगको क्यान्सर पनि बनाउछ। यो छालाबाट सर्ने रोग हो यसले असर पार्ने मुख, घाँटी र मलद्वार हुन्, जहा क्यान्सर पनि बनाईदिन सक्छ । यो भाईरसको बिरुद्ध खोप लगाएमा मात्र यो रोग बाट बच्न सकिन्छ
सिफिलिसः यो रोग लाई (भिरिङ्गी) पनि भन्ने गरिन्छ । यो सामान्य खालको देखिन्छ । साना साना खटिरा जस्तो हुन्छ सुरुमा तर एस्लाई हेल्चेकराई गरे पछि यसले ठुलो समस्या ल्याउन सक्छ । यो रोग आफु लाई मात्र नभई यौनसँग संग्लन आफ्नो साथीलाई समेत सर्ने र यदी घर्भबती भए पेट मा भएको सन्तानलाई पनि सर्ने रोग हो ।
मोलुस्कुमः यो एक प्रकारको भाइरस यसले तपाइको छालामा फोका उत्पन्न गराउँछ । कुनै गम्भीर समस्या ननिम्त्याउने तर यसको दुखाई साहन निकै नै गारो हुने हुदा समयमा नै उपचार गर्दा राम्रो। यदी यो भाइरसको संक्रमण भएमा यौनांगमा फोका उठ्ने समस्या देखिन्छ र देखिने बितिकै जचाउन सल्लहा दिन्छन् बिसेसग्गयहरु ।
हर्पिस्ः यो रोग पनि छालामा देखिने रोग हो । यसलाई दाद रोग पनि भनिन्छ। र यदी यौन अंग वरिपरि दाद रोगसँग जोडिएका समस्या छन् भने त्यसलाई कण्डमले जोगाउन सक्दैन। तेसैले यो रोग पूर्ण तरिकाले निको नहुनजेल सम्म यौन सम्पर्क राख्नु राम्रो नहुने डाक्टरहरु सल्लाह दिन्छन।