एसोसियशन अफ नेपाल तराई इन अस्ट्रेलिया (ANTA) को छात्रवृति मधेश आन्दोलनका जिउँदो शहिदको छोरालाई !!

SHARES
Share on FacebookShareTweet on TwitterTweet

अस्ट्रेलियामा बसोबास गरि रहेका तराईएनहरुको संस्था एसोसियशन आफ नेपाल तराई इन अस्ट्रेलिया (ANTA) ले २०१८ को लागि आव्हान गरेको छात्रवृतिको लागि पर्न आएको दर्खास्त मध्य सप्तरी जिल्लाको भारदह वडा न १ का देव नारायण बिस्वास र बागेश्वरी देवी विश्वाशका छोरा शिव नारायण विश्वास छनौट भएको कुरा सो संस्थाका अध्यक्ष अरुण कुमार ठाकुरले जानकारी गराए । देव नारायण बिश्वास मधेश आन्दोलनका क्रममा प्रहरीको गोलि लागि घाइते भएका थिए। छोरा शिव नारायण विश्वास यहि २०७५ सालमा १२ क्लास उतिर्ण गरेको छ । एन्टाले स्नातक स्तरको पढाईको लागि इन्जिनियरिंग लगाएतका विषय अध्ययन गर्नको लागि छात्रवृति प्रदान गर्ने घोषणा गरेका थिए । बिश्वाश दम्पतीले छोराको पढाईको लागि गरेको मेहनत र लगनशिलताको लागि एन्टाको अध्यक्ष ठाकुरले दम्पतिलाई धन्यवाद दिदै शिव कुमार बिश्वश्लाई बधाई ज्ञापन र उत्तरोत्तर प्रगतिको कामना गरेको छ।

जो कोई लाई पनि ठुलो सपना देख्ने अधिकार छ तर सपना देखेर मात्र त्यो पुरा हुँदैन, त्यसलाई साकार पार्न कर्म पनि गर्नु पर्छ । सप्तरी कन्चनपुरको बाल बोध सेकेण्डरी विधालयबाट कक्षा ११ र १२ मा B+ ग्रेड ल्याई उतिर्ण गरेका शिवलाई सिए (CA) बन्ने रहर लाग्यो र उसले सामाजिक अभियन्ता सरोज रायलाई आफ्नो मनको कुरा भनेका थिए । विश्वास परिवारलाई निरन्तर सहयोग गर्दै आइराखेको समाजसेवी राय विगतमा पनि शिव नारायणको ११-१२ कक्षा पठन-पाठनको पन्द्रह हजार आर्थिक सहयोग गरेको थिए भन्ने उनका सिए पढ्न सपना साकार पार्न पनि विगत केहि महिना देखि लागि परेको थिए । शिवले ११ र १२ कक्षामा ल्याएका रिजल्ट र उनका आत्मविश्वास देखेर आफु एसोसियशन अफ नेपाल तराई इन अस्ट्रेलिया (ANTA) को अध्यक्ष अरुण ठाकुर ज्यु संग पहल गर्दै आइरहेको जानकारी रायले दिए ।

शिवलाई काठमाडौँ ल्याई सिए अध्यनको लागि पुतलीसडक स्थित AOC (Academy of Commerce) मा विशेष छुटका साथ नेपाल बोर्ड (ICAN) बाट CAP-I मा भर्ना गराएका छन् साथै यसैबाट BBS पनि गराउने समाजसेवी रायले जानकारी दिए । CA र BBS गर्न सम्पूर्ण इन्स्टिच्युट खर्च चार लाख छब्बीस हजार एक सय पच्चास (रु ४२६१५०/-) लाग्ने छ र यसका लागि छात्रवृति प्रदान गर्ने संस्था एन्टा तयार रहेको छ । यस वाहेक शिवलाई काठमाडौँ बस्न र खानपिन लगायत अन्य खर्चमा कम्तिमा पनि मासिक ७-८ हजार खर्च हुने र यसका लागि पनि सहयोग जुटाउनु पर्ने आवश्यकता रहेको रायले बताए । तत्काल काठमाडौँमा शिव TMNC को सदस्य पृथ्वीनारायण साह काँहा बस्दै आएको छ ।

संस्था (ANTA) ले विगतमा पनि बाढी पिडित, आगलागी पिडित वा चिसो आई परेको बेला हरेक चोटी सहयोग गर्नमा अग्रिम भूमिका खेलेका छन् र यसपाली पनि छात्रवृति प्रदान गरेर मधेश आन्दोलनको जिउँदो शहिद देवनारायण विश्वासको छोरा शिव नारायण विश्वासको सिए बन्ने सपना अवश्य पुरा हुन्छ विश्वासका साथ समाजसेवी राय र विश्वास परिवारले एन्टा र विशेष गरि संस्थाका अध्यक्ष अरुण कुमार ठाकुरलाई आभार तथा धन्यवाद ज्ञापन गरेको छ ।