कसरी फले एउटै रुखमा ५१ प्रजातिका आँप ?

SHARES
Share on FacebookShareTweet on TwitterTweet

एजेन्सी । भारतमा एकजना इन्जिनियर आफ्नो गाउँको अवस्था सुधार्ने भन्दै खेती किसानीमा लागेका छन् ।

खेती गर्न थालेका इन्जिनियरले साँच्चै चमत्कार गर्न थालेका छन् । उनले यस्तो तरिका अपनाएका छन् कि एउटै बोटमा ५१ जातका आँप फलेका छन् ।

भारतको महाराष्ट्रका रवि मारशेटवारको यो उपलब्धि अहिले भारतभर चर्चाको विषय बनिरहेको छ । एउटै बोटमा ५१ जातका आँप फलाउन उनी सफल भए । ग्राफटिङ अर्थात् कलमी प्रविधिको प्रयोग गरी उनले यस्तो सम्भव पारेका हुन् ।

यसका लागि उनले १३ सयपटक अनुसन्धान गरेका थिए । उनी खेतिपातीको विधि सिक्न ५ सय भन्दा धेरै ठाउँको भ्रमण गरे, जहाँ उनको परिचय एकजना विशेष मान्छेसँग भयो ।

महाराष्ट्रका किसान देवरीकरसँग उनको भेट भयो । देवरीकरले कलमी प्रविधिको प्रयोग गरी एउटै बोटमा १५ जातका आँप फलाएका थिए । उनैबाट रविले यो प्रविधि सिके । त्यसपछि उनले आँपका विभिन्न जातहरु जम्मा गरे ।

केही वर्षको मेहेनतपछि उनले एउटै रुखमा ५१ जातका आँप फलाउन सफल भए । उनी अहिले कलमी विधि सम्बन्धमा किसानलाई प्रशिक्षण पनि प्रदान गर्दछन् ।