काख बाट लुटेर विभत्स हत्या गर्ने हत्यारा बलात्कारी लाई ड्याम ड्याम गोली हान्दा प्रहरीलाई सलाम ठोक्न मन लाग्छ रबि

SHARES
Share on FacebookShareTweet on TwitterTweet

हृदयमा मानवता नभएका हरामीहरुले एउटा सानो बालकलाई अपहरण गरेर विभत्स हत्या गरेका छन् । त्यति मात्रले नपुगेर यति सानो कमलो शरीरलाई खाल्डो खनेर पुरेछन् । एउटा निर्दाेष, निम्छरो, सानो कलकलउँदो बालकको यस्तो विभत्स हत्या ?

सोच्दा पनि मष्तिस्क हल्लिन्छ । ५ वर्षसम्म आफ्नो पसलमा नियमित रुपमा आउने ग्राहकले आफ्नो ६ कक्षामा पढ्ने छोराको यसरी अपहरण गरि बिभत्स हत्या गर्छ भनेर कसरी कल्पना गर्नु ? ११ वर्षको बालक निशान ।

स्कुलबाट फर्केपछि मलेसियामा रहेका आफ्ना बाबाको फोन आउँछ भनेर मोबाईल किन्न भनि आफ्नै हत्यारासँग कति ठुलो विश्वासले साईकल चढेर गएका थिए । तर केही पैसाको लोभमा त्यति निर्दाेष जीवनको त्यति कोमल शरीरमा कसरी प्रहार गर्न सकेको होला अपराधीले ?

अनि कुन मुटुले खाल्डो खनेर एउटा सानो शरीरलाई पुर्न सकेको होला ? ११ वर्षीया छोरा गुमाउनुको पीडा यी जन्मदाता आमा कसरी सहिरहेकी होलिन थाहा छैन तर फिरौती वापत मागेको रकम समेत जोह गर्न नदिएका अपराधीहरुले दया, मायां, मानवता, सबका सब खरानी बनाए ।

प्रहरीले गरेको इन्काउन्टर बारे बिवाद चलिरहेको भएपनि अपहरणकारीलाई ठाउँको ठाउँ ड्याङ ड्याङ गोली ठोकेर फुक्लुक्कै ढालेको चाँही धेरै आम सर्वसाधारणले खुब मनपराएका छन् । न स सना छोरीहरु सुरक्षित छन्, न साना बालकहरुनै सुरक्षित छन् । जघन्य अपराधमा संलग्नहरु यसरी नै चरा ढलेको जस्तो हेर्न रुचाउने आँंखाहरु लाखौ करोडौ छन् तर यस्तो चाहना बर्तमान कानुनको बर्खिलाप हुन्छ ।

निशानलाई जिवितै उद्धार गर्न सकेको भए खुट्टा बजारेरै प्रहरीलाई सलाम ठोक्न हुन्थ्यो तर त्यस्तो हुन सकेन । प्रहरीले त्यो कोशिस गरेन पनि भन्दिन । आम मानसिकता बुझि हेर्दा पापीहरुको खुट्टामा गोली हानेर पक्रेको भए अपहरणको रहस्य खुल्थ्यो भन्नेमा अत्यन्त कम मत र प्रहरीले गोली ठिक ग¥यो भन्नेमा बढी मत देखिन्छ नै देखिन्छ ।

कारण, क्रुर अपराधीले निर्मम दण्ड पाउँछन् भन्नेमा आम मानिसलाई बिश्वास नै छैन् । पक्ष विपक्ष भन्दा पनि आम मनोविज्ञान बारे चर्चा गरेका हौ । धरौटीमा अपहरणकारी, बलात्कारी, हत्याराहरु छुटेको देखेका आम सर्वसाधारणको जोडी आँखाले त्रिप्त हुने अवसर पाउने भनेकै ठाउँको ठाउँ अपराधीलाई इन्कान्टर गर्दा हो रहेछ । इन्कान्टर कानुनी राज्यको राम्रो इक्जाप्ल होईन, राम्रो प्राक्टिस पनि हुदै होईन ।

तर कानुनी राज्यको महशुस कतै नपाएका सर्वसाधारले मनको स्वाद फेर्न इन्कान्टरनै रुचाउँदा रहेछन् जसको वकालत गर्नुले मात्रै पनि कानुनको उपहास हुन जान्छ । ११, १२ वर्षे छोरीलाई बलात्कार गरी रगताम्य बनाई हत्या गरेर फालिएको तस्विर छ्याप छयप्ती देखिनु अनि यो श्रृखला अविरल चलिरहनुले हरेक घर आत्तिएको छ ।

मिडियामा आउन नपाएका यस्ता अनगिन्ती घटनाहरु छन् जसलाई गाउँका ठालुहरुले आफै मिलाउछन् । चेतनाको अभाव र फितलो कानुनबाट वाक्क भएका न्याय प्रेमीहरुले चित्त बुझाउने र ठिक्क प¥यो भनेर काखी बजाउने अर्काे उपाय नपाउदा बाध्य भएर ठांउको ठांउ अपराधी ढालेको दृष्य हेरी पुलिसलाई वाह भनेका हुन् ।

केही ब्वाँसा र पिपासुबाट असुरक्षित आम समुदायलाई ती अपराधी जिवित रहँदा कुनै पनि दिन आफु र आफ्नो परिवार सुरक्षित भएको महशुसनै हुदैन् । बलात्कारको केशमा अदालतले न्याय दिएकी महिलालाई बलात्कारिका आफन्त र अन्य गांउलेले यति हैरान गरे की उनको उठिवासनै लाग्यो ।

अपराधीहरु तै पनि अघाएन्न र उन्लाई थप यातना र तनाव दिईनै रहे । केही नलागेर उन्ले बिष सेवन समेत गरिन् । इन्काउन्टर गरेर प्रहरीले ठिक ग¥यो भनेर त हामी भन्दैनौ तर अपराध नियन्त्रण गर्ने कानुन र कार्यान्वयन पक्ष फितलो हुदा एउटा सानो कलिलो निर्दाेष ११ वर्षको बालकलाई आमाको काखबाट लुछेर बिभत्स हत्या गरी खल्डो खनेर पुर्ने अपराधीलाई ड्याङ ड्याङ गोली हानेर ढालेको देख्दा नेपाल प्रहरीलाई अटोमेटिक यसो गर्न मन लाग्ने रहेछ, यसो गर्न मन लाग्ने रहेछ ।

भोली गएर अनुसन्धानले यो घटनाको वास्तविक्ता अर्कै निस्किएमा परेको सहुला, बुझाउला, सच्चाउला ।