कानुनमन्त्री तामाङले भने, ‘म विरुद्ध ठूलो षडयन्त्र भयो’

SHARES
Share on FacebookShareTweet on TwitterTweet

विवादास्पद अभिव्यक्तिपछि राजीनामा दिन बाध्य भएका कानुनमन्त्री शेरबहादुर तामाङले आफूलाई षडयन्त्रपूर्ण हटाउने काम भएको गुनासो गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले राजीनामा दिएका हुन् ।

बंगलादेशमा डाक्टर पढ्ने चेलीहरुबारे विवादस्पद अभिव्यक्तिपछि विवादमा परेका तामाङले आफ्नो भनाईप्रति क्षमा मागिसके पनि नेकपाको पार्टी सचिवालयले निर्देशन दिएपछि राजीनामा दिन बाध्य भएका हुन ।

पार्टीको निर्देशनपछि पत्रकार सम्मेलनमा उनले अदालतदेखि सरकारी निकायमा भइरहेको वैदेशिक लगानी एकद्वार प्रणालीबाट ल्याउन आफूले गरेको पहलका कारण केही पक्षले षड्यन्त्र गरेको सोही षडयन्त्रको शिकार आफू भएको बताए ।

पत्रकार सम्मेलनमा मन्त्री तामाङले भने, आफूले जीवनभर महिलाकै पक्षमा संघर्ष गरेको सुनाए । तर बंगलादेशमा अन्यायमा परेका नेपाली चेलीबारे बोल्दा केही शब्दका कारण परेको चोटप्रति माफी माग्दै उनले पद त्यागको घोषणा गरे ।

मन्त्री तामाङले प्रधानमन्त्री केपी ओलीले चालेको समृद्धितर्फको यात्रालाई सफल बनाउन पनि आफूले नैतिकताका आधारमा पदमा बसिरहन उचित नठानेकाले राजीनामा दिएको बताए । उनले राजीनामा पत्र आजै प्रधानमन्त्री ओलीलाई बुझाउने भएका छन् ।