कानूनमन्त्रीमा नेकपाका सांसद भानुभक्त ढकाल नियुक्त

SHARES
Share on FacebookShareTweet on TwitterTweet

काठमाडौं । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नेकपाका सांसद भानुभक्त ढकाल नियुक्त भएका छन्। शेरबहादुर तामाङको राजिनामापछि रिक्त पदमा उनी नियुक्त भएका हुन्।

यसअघि कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा शेरबहादुर तामाङ थिए । विवादास्पद अभिव्यक्तिका कारण तामाङले पदबाट राजीनामा दिएपछी सो पद रिक्त थियो ।

बंगलादेशमा अध्ययनरत छात्राबारे विवादित अभिव्यक्ति दिएका कारण तत्कालिन कानुन मन्त्री शेरबहादुर तामाङले गत साउन ८ गते पदबाट राजीनामा दिएका थिए। उक्त अभिव्यक्तिका कारण उनको चौतर्फि विरोध भएको थियो।

चौतर्फि विरोध भएपछि नेकपाले उनको राजीनामा मागेको थियो । पार्टीले राजीनामा मागेपछि आफ्नै मन्त्रालयमा पत्रकार सम्मेलन गरि तामाङले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । नवनियुक्त मन्त्री ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् ।
source by;ujyaalonepal