काम गर्न नसक्ने मन्त्रीलाई हटाउने प्रधानमन्त्री ओलीको तयारी, क–कसलाई हटाउँलान् ?

SHARES
Share on FacebookShareTweet on TwitterTweet

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का केही सदस्यहरुलाई हटाउने तयारी गरेका छन् । विश्वस्त स्रोतका अनुसार सरकारका मन्त्रीहरुको कामबाट असन्तुष्ट देखिएका ओलीले केही मन्त्रीलाई हटाउने तयारी गरेका हुन् ।

आफू नेतृत्वको सरकार गठन भएको ६ महिना पूरा भइसक्दा पनि उपलब्धिमुलक काम नदेखिएकोमा प्रधानमन्त्री आफैँ चिन्तित छन् । ओली नेतृत्वमा फागुन ३ मा सरकार गठन भएको थियो ।

‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना बोकेर अगाडि बढेका ओलीको सपना पूरा गर्न केही मन्त्रीहरुले काम गर्न नसकेको ओलीको अनुभूति छ । ओलीका एक सल्लाहकार भन्छन्, ‘प्रधानमन्त्रीज्युको सपना अनुसार केही मन्त्रीहरुले काम गरेको छैन, प्रधानमन्त्रीज्ल्यु आफैँ केही मन्त्रीहरुलाई हटाउने तरखरमा हुनुहुन्छ ।’

त्यसो भए क–कसलाई हटाउने तयारी गरिरहनुभएको छ त ? हाम्रो प्रश्नमा ती सल्लाहकार भन्छन्, ‘कसलाई हटाउने भन्ने विषयमा गृहकार्य चलिरहेको छ तर टुंगोमा पुगिसकेको छैन ।’

नेकपाका एक नेताका अनुसार मन्त्रीहरूको कार्यशैलीप्रति प्रधानमन्त्री स्वयं पनि सन्तुष्ट छैनन् । जनताको पक्षमा काम गर्न नसक्ने मन्त्रीलाई फेरबदल गर्ने सोचाइमा ओली रहेको पूर्व एमालेका एक नेता बताउँछन् ।