खजुरी नि.मा.वि. (हाल मा.वि.) कि राधा साह नामक शिक्षिका नियुक्ति भएको विद्यालयमा उपस्थित नभएको झन्डै ६ वर्ष भन्दा बढी भएपनी तलब खाइरहेकि छिन।

SHARES
Share on FacebookShareTweet on TwitterTweet

31 Jan,Janakpur ,
राधा साहको केसमा गाउँपालिकाको साथ, अब अटेरी गरे राधा साह माथि कानुनी कार्यवाही गरिने, जनकनन्दिनी गाउँपालिकाका नगर प्रमुख अब्दुल वारिक शेखको भरोसा…

खजुरी नि.मा.वि. (हाल मा.वि.) कि राधा साह नामक शिक्षिका नियुक्ति भएको विद्यालयमा उपस्थित नभएको झन्डै ६ वर्ष भन्दा बढी भएपनी तलब खाइरहेकि छिन। वि.स. २०६४ पुस ८ गते राहत अनुदान कोटामा अस्थायी नियुक्त भएकी शिक्षिका साह २०६९ सालमा सुत्केरी बिदामा गएपछि अहिलेसम्म फर्केकी छैनन्। विद्यालयका प्रधानाध्यापक हरिलाल सहनीले आफुले राधा साहलाई सुत्केरी बिदाको बाहेक कुनै अर्को पत्र नलेखेको जानकारी गराएका छन।

२०६९ माघ २५ देखि २०७५ माघ १३ गतेसम्म राधा साहलाई पटकपटक पत्राचार गरिएपनी उनले अटेरी गरेको थाहा भएको छ। Khajuri.com ले राधा साहको कानुन विपरीत ६ वर्षे अनुपस्थितीको बारेमा आवाज उठाएपछि साहको पक्षतिरका केही व्यक्तिहरु जनकनन्दिनी गाउँपालिकामा छलफल गर्न आएका थिए जहाँ प्र.अ. हरिलाल सहनी र विपक्षका हरुबिच चर्काचर्की भएको थियो। त्यसै छलफलको बारेमा जानकारी गराउदै जनकनन्दिनी गाउँपालिकाका नगर प्रमुख मो. अब्दुल वारिक शेख: https://www.facebook.com/1428518507359715/posts/2257174904494067/