गंगामायाका सम्पर्कविहीन छोरा नुरप्रसाद सानेपामा भेटिए

SHARES
Share on FacebookShareTweet on TwitterTweet

महानगरीय प्रहरी अपराध महाशाखाले गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई नियन्त्रणमा लिएको छ ।महानगरीय अपराध महाशाखाले आइतबार उनलाई ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो।

उनकी आमा गंगामायाले छोराको खोजी गरिदिन आग्रह गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार, सम्पर्कविहिन गंगामायाका छोरा नुरप्रसादलाई कुनै मुद्धामा नभएर उनकै आमाको आग्रहमा नियन्त्रणमा लिइएको र उनलाई आमाकै जिम्मा लगाइने छ ।

सशस्त्र द्वन्द्वका बेला गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो। छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नन्दप्रसाद र गंगामाया अनसन बसेपछि नुरप्रसाद वेपत्ता भएका थिए