गृहमन्त्री थापा विदेशमा, स्वदेशमा राजिनामा माग गर्दै प्रर्दशन (फोटोफिचर

SHARES
Share on FacebookShareTweet on TwitterTweet
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मुलुकमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ।

 

गृहमन्त्री थापा विदेशमा, स्वदेशमा राजिनामा माग गर्दै प्रर्दशन (फोटोफिचर)

राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिला र बालबालिकामाथि श्रृंखलाबद्ध हत्या, हिंसा र बलात्कार भइरहेको विरोधमा मंगलबार काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध र्‍यालीसहित प्रदर्शन गरेको हो ।

Image may contain: 1 person, textImage may contain: one or more people, crowd and outdoorImage may contain: 6 people, crowd and outdoorImage may contain: 1 person, standing, crowd and outdoorImage may contain: 5 people, people smiling, child and outdoorImage may contain: 9 people, people standing, crowd and outdoorImage may contain: one or more people, people standing, crowd and outdoorImage may contain: 1 person, outdoor and close-upImage may contain: 1 person, close-upImage may contain: 1 personImage may contain: 4 people, outdoorImage may contain: 4 people, crowd and outdoorNo automatic alt text available.Image may contain: 9 people, people standing and outdoorImage may contain: 5 people, crowd and outdoorImage may contain: 2 people, crowd and outdoor

प्रदर्शनमा उत्रेका महिला नेतृहरूले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका छन्।

महिला र बालबालिकामाथि श्रृंखलाबद्ध रूपमा भइरहेको हत्या, हिंसा र बलात्कारको घटना तत्काल रोक्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गर्नु परेको संगठनकी अध्यक्ष रोशन कार्कीले पत्रकार ऋषि धमलालाई जानकारी दिईन् ।

मुलुकको शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णत असफल भएको भन्दै आफूहरुले गृहमन्त्री थापाको राजीनामा पनि माग गरेको कार्कीको भनाई छ ।

प्रदर्शनकारीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा तत्काल अन्त्य गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रदर्शनी अघि बबरमहलबाट सुरू भएको विरोध र्‍याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो।

प्रदर्शनकारीहरूले बलात्कारीलाई कडा कारबाही नगरिएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।