गौशालामा इन्जिनिरिङ्ग पढाइको लागि सम्भव्यता अध्ययन हुदैं

SHARES
Share on FacebookShareTweet on TwitterTweet

कार्तिक ४ गते ।

महोत्तरीको गौा सुगम ठाउँ छ । तर, विकासको दृष्टिकोणबाट पछाडी नै छ । यहाँका नागकिरहरुले न राम्रोसंग लगाउन पाएका छन् न त खान पाएका छन् । उच्च शिक्षाको लागी बाहिरी जिल्लामा निर्भर हुनु पर्ने यस क्षेत्रका नगरिकहरुको बाध्यता छ । सुविधा सम्पन्न हस्पिटल छैन । पढ्ने विद्यालय सोंचे जस्तो छैन ।गौशालाको विकास गर्न उच्च शिक्षा र प्राविधिक शिक्षा आवश्यक छ ।
शिक्षकको अभाव र नै नभएर विद्यालयका विद्यार्थीहरु पढ्न नपाएर छट्पटाइरहेका छन् । कसको कमजोरी, कहाँ गडबड छ ? यहाँनिर सोंच्नु पर्छ । यहाँ नीजि विद्यालयको जय जय भयो । सामुदायिक विद्यालयको अवस्था किन धारासाही बन्यो ? विना दर्ता विद्यालयमा खचाखच विद्यार्थी छ । सामुदायिकको कक्षा कोठा खाली छ । शनिबार गौशाला नगरपालिकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणी पोखरेलेको उपस्थितमा उच्चा शिक्षा बिषयक अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले व्यक्त गरेको विचारहरुको सम्पादीत अंश प्रस्तुत छ ः—

डिग्री बिक्री हुनु पर्छ
—अमोद कुमार साह
प्रधानाध्यापक, त्रिभुवन उ.मा.वि गौशाला
शिक्षा, स्वास्थ्य, सडक विकासको पहिलो प्राथमिकतामा गनिन्छ । यि पुर्वधार पुरा नगरिकन सुःख, शान्ति र समृद्धि हाँसिल गर्न सकिदैंन । गौशाला टेक्निकल शिक्षामा पछाडी छ ।प्राविधिक शिक्षा र उच्च शिक्षा हाँसिल गर्न यहाँका मानिसहरु बाहिरी जिल्लाहरुमा भर पर्नु परेको छ । स्वास्थ्यको अवस्था त झनै दैनिय छ । समान्य उपचारको लागी पनि जनकपुर, चितवन, काठमाण्डौं यहाँको नागरिकले भर पर्नु परेको छ । गौशालाको विकास गर्न उच्च शिक्षा र प्राविधिक शिक्षा निकै आवश्यक छ । शिक्षाले मात्र विकासको मार्ग निर्देश गर्छ । ग्रामिण भेगमा शिक्षाको पहुँच नपुगे सम्म विकासको कल्पण नगर्दा पनि हुन्छ । डिग्री लिएपछी बजारमा बिक्री हुने खालको हुनु पर्छ ।

क्याम्पस धरासाही भयो
—रमेश महतो
प्रचार्य, गौशाला बहुमुखी क्याम्पस,
गौशाला, महोत्तरी ।
गौशालामा क्याम्पस खुलेर बिशेष गरे चेलिबेटी र बुहारीलाई पढ्न सजिलोे छ । ७७ जना विद्यार्थीबाट २०६९ सालमा सुरु गरिएको स्नातक तहको पढाई अहिले धरासही छ । विद्यार्थीको शुःल्कमा क्याम्पस चलाउनु परेको छ । श्रोत साधनको अभावमा क्याम्पसको पढाई खस्किएको छ । क्याम्पसको न आफ्नो भवन छ न त जग्गा नै । स्कूलकै भवनमा पढाई हुन्छ । स्रोत साधनको अभावमा क्याम्पस धरासाही भयो । बल्लतल्ल गौशाला नगरपालिकाले क्याम्पसको जग्गा किन्ने प्रक्रिया चालेको छ । शिक्षकलाई तबल तिर्न नसक्दा एक बर्ष क्याम्पसमा भर्ना रोक्नु प¥यो । श्रोत साधनको दिर्घकालिनक व्यवस्थापन गर्न स्थानीय सरकारले सोंच्नु पर्छ ।

झनै भद्रगोल बन्यो
—नकुल उप्रेती
अध्यक्ष, नेपाल शिक्षक महासंघ
गौशाला, महोत्तरी ।
शिक्षा विकास विना अन्य क्षेत्रको विकास गर्छु भनेर नसोंचे हुन्छ । मानवमा साकारात्मक सोंच नआए सम्म विकासले फड्को मार्न सक्दैन । गाउँ घरमा उच्च शिक्षाको व्यवस्था नहुँदा छोरीबुहारीलाई पाढन समस्या छ । राम्रो पढाईको लागि शहर बजारको भर पर्नु बाहेकको विकल्प छैन । जनसंख्याको चाप बढ्यो तर शिक्षामा गौशाला नगरपालिकाले फड्को मार्न सकेको छैन । गौशालामा अब अनमी जस्ता विषयको शिक्षण संस्था खुल्नै पर्छ । स्थानीय सरकारले ऐन बनाउँदा प्रदेश र संघीय सरकारसंग बाझिनु हुदैंन । ऐनहरु बाझिएर शिक्षा क्षेत्र त झनै भद्रगोल बन्यो । कार्यविधिहरु बनाउँदा बिशेष छलफल गरेर बनाउनु पर्छ । संघीय ऐन कानुन एका तिर छ , स्थानीय सरकारको ऐन कानुन अर्को तिर छ । कुन ऐन कानुन मान्ने हो समस्यै समस्या छ ।

प्रविधिक शिक्षाको युग
—बंशिधरप्रसाद साह
प्रधानाध्यापक, आधारभुत विद्यालय
नवराजपुर, गौशाला, महोत्तरी ।
अहिलेको युग प्राविधिक शिक्षाको हो । प्राविधिक शिक्षा जनताको माग र आवश्यकतामा आधारित हुनु पर्छ । गौशालमा ११ सम्म मात्र सिभिल इन्जिनियरको पढाई हुन्छ । गौशाला नगर भित्र ३२ वटा सामुदायिक विद्यालय छ । यस क्षेत्रमा स्वास्थ्यलाई लक्षित गरेर प्राविधिक शिक्षाको अध्यापन सुरु भए यहाँको जनताहरु गदगद हुन्थ्यो । शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रि गिरिराजमणी पोखरेल यसै क्षेत्रबाट निर्वाचित हुनु भएकोले यसमा ध्यान दिनु हुन्छ भनेर यहाँ नागरिकहरुले विश्वास गरेका छन् ।

लेखाजोखा कसले गर्ने ?
—बिष्णु लामा
नेकपाको नेता, गौशाला, महोत्तरी
शिक्षकको अभाव छ । शिक्षक नै नभएर विद्यालयका विद्यार्थीहरु पढ्न नपाएर छट्पटाइरहेका छन् । कसको कमजोरी । कहाँ गडबड छ । यहाँनिर सोंच्नु पर्छ । यहाँ नीजि विद्यालयको जय जय भयो । सामुदायिक विद्यालयको अवस्था किन धारासाही बन्यो ? विना दर्ता विद्यालयमा खचाखच विद्यार्थी छ । सामुदायिकको कक्षा कोठा खाली छ । यसको लेखाजोखा कसले गर्ने ? सरकारको लागानी रहेको विद्यालयमा डुबेको छ । निजी भने उस्किएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको टाउको गनिन्छ । तर त्यसको उपस्थित भने देखिदैंन । विद्यार्थी संख्याको अधारमा सरकारको सेवा सुविधा पुग्छ । कहि यो सेवा सुविधा पचाउन विचौलियताको भेषमा विद्यालयहरुको शिक्षकहरु त छैनन् ? बजेट स्वाहा हुन्छ । उपलब्धी त शुन्य छ । स्थानीय सरकार, प्रदेश र संघीय सरकारले समस्याको गाँठो फुकाउनु पर्छ । हामीबाट हुने सबै सहयोग गर्न तयार छौं ।

नट÷बोल्ट कस्न सुरु भयो
—शिवनाथ महतो
मेयर, गौशाला नगरपालिका
गौशाला, महोत्तरी ।
जसको जरैमा किरा लगेको छ । उसको टुप्पो कसरी बढ्छ ।स्थाीय सरकारले त्यसको औषधी ल्याइसकेको छ । औषोधो उपचार गर्न लागि परेका छौं । हो मैले कुरा सामुदायिक विद्यालय विद्यालयसंग जोड्न खोजेको छु । बालविकासका बच्चाहरु भुईमा बसेर पढिरहेका छन् । यसै अवस्थाले सामुदायिक विद्यायलहरु पछाडी परेहको मलाई महसुस भइरहेको छ । म मेयर भएर आएदेखी यसको सुधारको लागी क्रमिक रुपमा सुधार गरिरहेका छौं । शिक्षा क्षेत्र विग्रिएको छ । भत्किएको छ । यसलाई ठीक ठाउँमा ल्याउन बोल्ट कस्न सुरु गरिसकेका छौं । शिक्षक सेवा आयोग पास गरेर आएका शिक्षकले पढाउने विद्यार्थी एसईईमा फेल हुने र सात पटक सम्म एसएलसी फेल भएर मासिक दुई चार हजारमा तलब खाने शिक्षकले पढाउने विद्यार्थीमा गुणस्तरीयता हुने गरेको छ । यहाँ विद्यालयमा कहि न कहि समस्या छ भन्ने कुरा मैले फेला परेको छु । विद्यालयमा खाजा कार्यक्रम आउँछ भनेर कुरेर बसेका छौं । तर, संघीय सरकारले खाजाको ख पनि सुर सार गरेको छैन । खाजा कार्यक्रम आए पक्कै पनि गरिव तथा दलितको विद्यार्थी पढ्ने सामुदायिक विद्यालयमा आषकर्ष बढ्ने नै छ । बालविकासको अवस्था भद्रगोल छ । बच्चाहरुलाई बस्ने कोठा र ठाउँ पनि छैन । एउटा खेलोना पनि छैन । मैले गौशाला नगरपालिकाको सबै विद्यालयमा पुग्दा कतिपय स्कूलमा त शौचालय पनि छैन । म भन्दिन कि एक पटकमा पहाड फोडिदिन्छु तर, क्रमिक रुपमा यस्ता समस्याको सुधारको लागी काम गरिहेको छु । शिक्षा अधिकृतको चिठ्ठी आएको महिनौं भयो तर, शिक्षा अधिकृतको अतोपत्तो छैन । बाटैमा छन्, हाम्रो नगरपालिकालाई सरकारले पठाएको शिक्षा अधिकृत ।

विद्यालय कक्षा १० सम्म चल्छ, मा.वि.को एउटा पनि शिक्षक छैन । अनि गुणस्तरी शिक्षाको कल्पना गरेर हुन्छ । सरकारले विद्यालयमा शिक्षक त पठाउनु पर्यो नी, अनि न पढाई र उपलब्धीका कुरा हुन्छ । हामीले बजेट विनियोजन गरेर काम चलाउन केही विद्यालयमा शिक्षक राखेका छौं तर, त्यो दिर्घकालिन उपाय त पक्कै होइन् । म शिक्षकहरुलाई भन्न चाहन्छु, तपाईहरु विद्यालयमा राजनिति नगर्नुस् । शिक्षा, मन्त्रिलाई म अनुरोध गर्न चाहन्छु, सबै विद्यालयमा कम्तिमा एउटा डाक्टरको महिनामा दुई पनि उपस्थित गराउने गरि बच्चाहरुको स्वास्थ्य समस्याको चेकजाँच होस् । अब गौशालका नागरिकका छोराछोरीले स्नातकोत्तरको पढाई गौशालामै पढ्न पाउनु पर्छ । यसको व्यवस्था सरकारले मिलाउनु पर्छ । हामीलाई के गर्नु पर्छ हामी गर्न तयार छौं । यहाँ अब बी.बी.ए, इन्जिरिनिंग जस्ता बिषयको पढाई गरिनु पर्छ ।

हामी बन्द क्याम्पहरु बजेट दिएर चलाएका छौं । विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाएका छौं । स्कूल बाहिर रहेका बच्चाहरुलाई स्कूल ल्याउन आफ्ना कार्यक्रम बढाएका छौं । यस बर्ष एक हजार बच्चाहरुलाई एक हजार झोला बाँडेका छौं । यसै बर्षबाट तीन माध्यमिक विद्यालयहरुमा आई.टी.को प्रयोग गरेर कक्षा संचालन गर्न बजेट विनियोजन गरेका छौं ।

इन्जिनिरिङ्गको सम्भव्यता अध्ययन
—गिरिराजमणी पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि

शिक्षा संकायको पढाई औचित्यहिन बन्दै गएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणी पोखरेलले तत्कालको लागि शिक्षा संकायको पढाई रोक्नु पर्ने धारण अघि सारेका छन् । शनिबार महोत्तरीको गौशाला नगरपालिकाले आयोजना गरेको उच्चा शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्रि पोखरेलले शिक्षा संकाय बेरोगजार उत्पादन गर्ने उद्योग मात्र रहेको टिप्पणी गरे । मन्त्री पोखरेलले शिक्षक उत्पादन गर्ने ‘उद्योग’ अर्थात शिक्षा संकायको पाठ्यक्रम र पठनपाठनमै कमजोरी रहेको बताउदै अब ‘उद्योग’ नै परिवर्तन गरेर सार्वजनिक शिक्षामा रुपान्तरण गर्नुपर्ने आवश्यकता उपर जोड दिए ।देशमा ७ लाख लाईसेन्धारी बेरोजगार शिक्षक रहेको उल्लेख गर्दै भने,‘शिक्षा संकाय पढाई भन्दा देशशलाई प्राविधिक शिक्षाको अवश्यकता छ ।समृद्ध देश बनाउन उत्पादन मुलक शिक्षा अहिलेको आवश्यकता रहेको उनले औंल्याए ।समुदायिक विद्यालयमा प्राविधीक शिक्षाको पढाई सुरु गरिएको उनले जनाए ।‘तुरुन्तै गौशालामा इन्जिरिङ्गको लगाी साम्भव्यता अध्ययन टोली पठाउँछु । ’
‘दश प्रतिशत मात्र पढाई प्राविधक शिक्षा तर्फ भइरहेको छ,’मन्त्रि पोखरेलले भने,‘मा.वि. पढेर विद्यार्थी विद्यालयबाट बाहिर निस्किएपछी अब उनीहरुसंग हातमा सीप हुनै पर्छ ’देशभरीको ३१ हजार विद्यालय मध्य २ सय ५४ वटा विद्यालयमा प्राविधिक शिक्षा तर्फको पढाई सुरु गरिएको छ ।
नेपाल सरकारले देशको ७ सय ५३ वटै स्थानीय सरकारमा कम्तिमा एउटा प्राविधिक शिक्षा विषयको पढाई अभियनर्क रुपमा सुरु गरिएको छ । श्रमलाई सीपसंग, सीपलाई उत्पादनसंग र उत्पादनलाई समृद्धसंग जोडेर सरकारले प्राविधक शिक्षामा हात बढाएको मन्त्रि पोखरेलले जनाए ।‘सेवा र वस्तु उत्पादनको केन्द्र प्राविधिक शिक्षाल्यहरु बन्नै पर्छ ।’ विद्यालय उत्पादनको केन्द्र बने गरिवी र वेरोजगारी घट्ने उनले दावी गरे । मन्त्री पोखरेलले शिक्षामा क्रान्तिकारी परिवर्तनका लागि शिक्षक जागिरे मानसिकताबाट बाहिर आउनु पर्ने औंल्याए ।उनले भने,‘डन्डा चलाएर शिक्षामा परिवर्तन हुदैंन ।’