चरम गरिबिका कारण उनिहरु अहिले पनि बिधालय बाहिर रहन बाध्य भएका छन् !

SHARES
Share on FacebookShareTweet on TwitterTweet

चरम गरिबिका कारण उनिहरु अहिले पनि बिधालय बाहिर रहन बाध्य भएका छन् !

आज देशभरका विभिन्न जिल्लाभरमा राष्ट्रिय बालदिवस मनाइरहदा सर्लाहीमा भने अझै 30 हजार भन्दा बढि बालबालिका बिधालय बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ!

जिल्लामा 30 प्रतिशत महिला मात्रै साक्षर छन् भने 60.3 प्रतिशत पुरुष रहेको जिल्ला शिक्षा समन्वय ईकाइ सर्लाहीको तथ्यांकमा उल्लेख छ ! पटक पटक भर्ना अभियान संचालन गर्दा समेत जिल्लामा 25 हजार 515 जना उमेर पुगेको बालबालिका अहिले पनि बिधालय बाहिर रहेका छन् !

उनिहरु अहिले पनि बालमजदुरको रुपमा विभिन्न ग्रील उधोग , होटल , ईटा भटटा तथा अरु जोखिमपुर्ण काम गरिरहेको जनाइएको छ।