चालकहरु गाडी चलाउन छाडेर सडकमा टायर बाल्दै, आन्दोलनले पूर्वी तराईमा यातायात सेवा ठप्प

SHARES
Share on FacebookShareTweet on TwitterTweet

। सरकारले जारी गरेको सवारी ऐन शंसोधन गर्न माग गर्दै यातायात ब्यवसायीहरुले गरेको आन्दोलनका कारण कलैयामा यातायात सेवा ठप्प भएको छ । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले ऐन यातायात मजदुर मैत्री नभएको भन्दै मंगलबार अनिवश्चतकालिन आन्दोलनको आहवान गरेर सडकमा उत्रिएका छन् । जसका कारण सो क्षेत्रको जनजिवन प्रभावित भएको छ ।

मंगलबार बाराको उत्तरझिटकैयामा सवार चालक तथा सहचालकले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । बुधवार पनि जारी रहेको आन्दोलनका कारण कलैयाबाट चल्ने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका सवारी साधन ठप्प छन् । बस, ट्रक, ट्यांकर, टेम्पो, ईरिक्सा समेत चल्न दिइएको छैन ।
पूर्व–पश्चिम राजमार्ग समेत दिनभर सुनसान भएको छ भने यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन् ।

आन्दोलनलाई सफल बनाउन ट्यांकर चालक भरत राउत कुर्मीको नेतृत्वमा २ दर्जन बढी चालक तथा सहचालकले मटिअर्वा–मानमथ सडक खण्डको उत्तर झिटकैयामा सडकमै टायर बालेर सरकारविरुद्ध प्रदर्शन र नारावाजी गरेका छन् ।

सरकारले सवारी ऐन संशोधन नगरेसम्म आन्दोलन नरोक्ने उनीहरुको भनाई छ । सरकारले आफुहरुको माग सुनुवाई नगरे आन्दोलनलाई कडा बनाउँदै लैजाने चेतावनी चालकहरुले दिएका छन् । ‘सरकारले सवारी ऐनमार्फत चालकलाई अपराधी सरह व्यवहार गरेको भन्दै उनीहरुले विरोध जनाएका छन् । साँघुरो सडक र साना सवारी चालकको लापरवाहीले दुर्घटना हुने गरेको दावी गर्दै चालकले कहिल्यै पनि कसैको ज्यान लिन नचाहने बताए ।

रोकी राखेको ठूला सवारी साना सवारी आफैँ आएर ठोकिए पनि ठूला सवारीका चालकले कारवाहीको भोग्नु पर्ने भन्दै उनीहरुले त्यस्तो ऐनले आफुहरु अन्यायमा परेको बताए । दुर्घटनामा दोषी देखिएका चालकलाई कारवाही हुनुपर्नेमा गल्ती नै नगर्ने चालकलाई सजायको भागिदार बनाउन कानुन ल्याउनु गलत भएको चालकहरूको भनाइ छ ।

बाराको सिमरामा भेला भएका सयौं सवारी चालकहरूले सरकारले कानुन संशोधनको माग पूरा नगरेसम्म आफूहरू गाडीको स्टेरिङमा नबस्ने घोषणा गर्दै सरकारको विरोध गरेका थिए । सवारी चालकहरूले सवारी थन्काएर आन्दोलन सुरु गरेपछि बारा, पर्सा, रौतहट लगायत प्रदेश २ मा सार्वजनिक सवारी सञ्चालनमा आउन सकेनन । सार्वजनिक सवारी नचल्दा सडक सुनसान भएको छ ।