जनकपुरका अम्बर मण्डलले विज्ञान प्रविधितर्फ ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ पाउँदै

SHARES
Share on FacebookShareTweet on TwitterTweet

: जनकपुरका २८ वर्षीय अम्बर मण्डललाई विज्ञान प्रविधितर्फको ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ दिइने भएको छ।

मण्डललाई गहुँ काट्ने ‘नारा एग्रो मेशिन’ र अन्य कृषि उपयोगी उपकरण आविष्कार गरी सफल परीक्षण गर्न सफल भएकाले सो पुरस्कार प्रदान गर्न लागिएको युवा तथा खेलकूद मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर १० युवालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ दिदैछ। सोही क्रममा मण्डललाई पनि उक्त सम्मान दिइन लागेको हो।

अन्तर्राष्ट्रिय युवा दिवस अर्थात यही साउन २७ गतेका दिन मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत युवा तथा युवाका क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिलाई सम्मान गर्न लागेको हो।

मन्त्रालयका अनुसार शिक्षा, उद्यमशीलता, विज्ञान प्रविधि, सामाजिक रुपान्तरण, कृषि, कला संस्कृति, साहित्य सिर्जना, समाजसेवा, कृषि र उद्यमशीलता तथा सूचना प्रविधि र सञ्चार विधामा १० जनालाई सम्मान गर्न लागिएको हो । सम्मानका साथ जनही रु एक लाख रहनेछ ।

राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि २०७२ बमोजिम राष्ट्रिय युवा प्रतिभा छनोट सिफारिश समितिबाट सिफारिश भई आएका १० व्यक्तित्वलाई सम्मान गर्न लागिएको मन्त्रालयका सूचना अधिकारी महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए।

मन्त्रालयका अनुसार शिक्षातर्फ काठमाडौँ महानगरपालिका– १८का ३६ वर्षीय विनोद शाही (स्नोयार्ड फाउण्डेशन) लाई माथिल्लो डोल्पामा १४ वर्षदेखि स्वयंसेवक शिक्षक र डोल्पाको सामाजिक विकासमा योगदान पु¥याएवापत सम्मान गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

उद्यमशीलतातर्फ इलाम नगरपालिका–६ इलामका ३५ वर्षीय दिवस श्रेष्ठ सम्मानित हुँदैछ । बेतबाँसको सामग्री उत्पादन र बजारीकरण तथा कुपण्डोलमा अपाङ्गता भएका व्यक्तिका लागि बेतबाँस सामग्री निर्माणका लागि निर्वाहभत्तासहित निःशुल्क तालीम सञ्चालन गरेवापत उहाँलाई सो सम्मान प्रदान गर्न लागिएको हो ।

विज्ञान प्रविधितर्फ नै चितवन राप्ती नगरपालिका गडाँैलीका २० वर्षीय सरोज चेपाङ पनि सम्मानित हुँदैछन् । चेपाङले आफैंँले प्यारा मोटर निर्माण गरी उडाएका थिए।

सामाजिक रुपान्तरणतर्फ गुल्मी, मालिका गाउँपालिका–५ छापहिलेकी २८ वर्षीया गङ्गा खड्का सम्मानित हुँदैछ। सुरक्षित महिनावारी अभियानकर्मीका रुपका काम गरेकीले उनलाई सम्मान गर्न लागिएको हो । साग ग्रुप कृषि फर्म सञ्चालन गरी टिस्युकल्चर प्रविधिबाट केराको व्यावसायिक उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएवापत कृषितर्फ कैलाली, धनगढी उपमहानगरपालिका–५ की गोमाकुमारी अधिकारी सम्मानित हुँदैछिन्।

निजी लगानीमा काठमाडौँ फन भ्यालीमा कर्णाली संग्रहालयको स्थापना र १३ साहित्यिक कृति प्रकाशन गरेवापत कलासंस्कृति र साहित्य सिर्जनातर्फ जुम्ला, चन्दननाथ नगरपालिका– २ डाँडाकोटका ३९ वर्षीय गोविन्द नेपाली सार्की सम्मानित हुँदैछ ।

सामाजसेवातर्फ नवलपरासी देवचुली नगरपालिका–१५ प्रगतिनगरका ३६ वर्षीय तिलोत्तम पौडेल (जागृति बाल तथा युवा क्लबका अध्यक्ष) सम्मानित हुँदैछ । बाल क्लबको संस्थागत विकास, युवा सशक्तीकरण र नेतृत्व विकासमा योगदान पु¥याएवापत उनलाई सम्मान गर्न लागिएको हो ।

कृषि र उद्यमशीलतामा तनहुँका ३७ वर्षीय तेजविक्रम थापा सम्मानित हुँदै हुनुहुन्छ । प्राङ्गारिक कृषि उत्पादन, बजारीकरण र किसानलाई प्राविधिक सहयोग पु¥याएवापत उनलाई सम्मान गर्न लागिएको मन्त्रालयले जनाएको छ । सूचना प्रविधि र सञ्चारतर्फ कास्की लेखनाथकी ३३ वर्षीया शर्मिला विश्वकर्मालाई अपाङ्गता भएको व्यक्तिको अधिकारका क्षेत्रमा क्रियाशील रही योगदान पु¥याएवापत सम्मान गर्न लागिएको हो ।

यसैबीच मन्त्रालयले सिफारिशमा परेका व्यक्तिविरुद्ध सम्मान गर्न नहुने कारण भए सोको उजूरी मन्त्रालयमा आगामी भदौ २५ गतेभित्र लिखितरुपमा प्रमाणसहित पेश गर्न सम्बन्धित सबैलाई आग्रह गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ।