जनकपुरको राजदेवी मन्दिरमा बोकाबली सम्पन्न,यसपाली१५ हजार बलीप्रदान

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनकपुरधाम,कार्तिक ०१ गते ।

जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बोकाबली सम्पन्न भएको छ । बुधबार साँझ ७: ४० बजेबाट सुरु गरिएको बोकाबली प्रदान कार्यक्रम बिहीबार बिहान ३ बजेर ३२ मिनेटसम्म चलेको थियो ।

यसपाली १४ हजार ९ सय ९७ वटा बोकाको बली दिईएको महाबीर युवा कमिटीले जनाएको छ । गत वर्ष राजदेवी मन्दिरमा १२ हजार ४ सय ४७ वटा बोकाको बलि दिईएको थियो ।

बली प्रदानका लागि राजदेवी मन्दिरमा चारवटा ठेहा राखिएको थियो । जसमा करिव सय जना युवाहरु परिचालित थिए ।