जनकपुरबाट सिके राउतका ५० कार्यकर्ता पक्राउ , पक्रने क्रम जारी

SHARES
Share on FacebookShareTweet on TwitterTweet

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, असोज ३ गते ।
जनकपुरमा संविधानको विरोधमा कालो दिवस मनाउने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धनका ५० जनाभन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरको विभिन्न स्थानबाट डा.सिके राउतको कार्यकर्ताहरुलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।
अलग मधेशको माग गर्दै आन्दोलनरत्त डा.सिके राउत नेतृत्वको गठबन्धनले आज संविधान दिवसको अवसरमा जनकपुरको बाह्रविघा रंगभूमि मैदानमा कालो दिवस मनाउने तयारी गरेका छन् । पूर्व घोषित कार्यक्रम अन्तर्गत डा.सिके राउतले आज मनाउने भनेको कालो दिवस कार्यक्रम असफल पार्न प्रहरीले पहिलादेखि नै सुरक्षा व्यवस्था कडा गरेको छ ।

त्यस्तै राउतका कार्यकर्ता माथि निगरानी बढाएको छ भने डा.राउतलाई समेत खोजविन गरिरहेको प्रहरीले जनाएको छ ।
बाह्रविघा मैदानमा भव्यताका साथ कालो दिवस मनाउन स्वतन्त्र मधेश गठबन्धनले ‘चलु जनकपुर , भरु जनकपुर ’ नारा दिँदै व्यापक प्रचार प्रसार गर्दै आएका छन् ।