जनकपुरमा जताततै बालश्रम, कसले रोक्ने ?

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनकपुरधाम, भदौ २९ गते ।
महोत्तरी जिल्लाको लोहरपट्टी घर भएका श्याम पासमान प्रदेश २ को राजधानी जनकपुरका एक होटलमा काम गर्दै गरेका थिए । उमेरले १३ वर्ष मात्रै पुगेका उनी टेबुल सफा गरेर भडा माझ्दै थिए । एक वर्ष अगाडि कामको सिलसिलामा जनकपुर आएका श्यामको दैनिकी अहिले प्रत्येक दिन बिहान पाँच बजेदेखि होटलको सर सफाइबाट सुरु हुन्छ ।
झाडुसंगै पानी भर्ने, भाँडा माझ्ने, होटलमा पाक्ने प्रकार लगायतको समाग्री तैयार पार्ने जिम्मेवारी पनि आफ्नो रहेको श्याम बताउछन् । प्रत्येक दिन काम सकाएर नियमित ११ बजे राति मात्रै सुत्ने गरेको र अडर आएको दिनमा राती पनि काम गर्नु परेको उनको भनाई छ । श्याम भन्छन् ‘बिहानै उठ्न अल्छी लाग्छ, अलि ढिलो उठ्यो भने साहुको गाली खानुपर्छ । दिनभरी काम गर्दा राती थकाइ लाग्छ । पढ्न त धेरै रहर थियो तर के गर्नु समय अनी आर्थिक स्थितिले साथ दिएन्न ।’
‘कहिलेकाँही राति निद्रामा आँफु पढिरहेको सपना देख्छु । तर भोली पल्ट त्यो सपना सम्झदा दुःख लाग्छ । पढन पाएन भनेर ।’ आर्थिक अवस्था कमजोर भएको कारण काम गर्दै पढ्ने सपना बोकेर जनकपुर आएका श्यामको भनाई छ ।
श्याम एक उदाहरण पात्र मात्र हुन् । श्याम जस्ता संयौ बालबालिका जनकपुरधाम उपमहानगर भित्र बालश्रमीक छन् । होटेलमा मात्रै होइन, निर्माण र यातायातका साधनहरुमा समेत बालश्रमिकहरु छन् । उनीहरु पढ्ने अधिकारबाट समेत बञ्चित छन् । बालबालिकाको श्रम शोषण भइरहेको छ । जनकपुरमा बालश्रम व्यापक मात्रामा बढ्दै गएको छ । साना होटलदेखि ठूला व्यवसाय र विवाहको समयमा टाउकोमा मरर्करी बोक्ने कामहरुमा बालबालिकाको खुलेआम प्रयोग भएको देखिन्छ । तर यसलाई रोक्न प्रदेश सरकारदेखि स्थानीय सरकार सबै मौन छन् । मात्र लाखौं रकम खर्चेर जनकपुरको ठुलठुला होटेलमा बाल अधिकारको विषयमा कार्यक्रम गर्छन् । त्यहाँ बालअधिकारको कुरा समेत जोडतोडले उठाउँछन् । तर बाहिरी कार्यान्वयन भने सुन्य देखिन्छ ।
बालबालिकाको लागि नगरमा स्थानीय सरकारले नीति नियम निर्माण तथा कार्यक्रम नबनाउनु र बने पनि त्यसको राम्रोसगँ कार्यामन्वयन नहुनाले बालश्रम बढेको विद्यार्थी रामगुण यादब बताउछन् ।
जनकपुरको परिप्रेक्षमा बाल श्रम बढ्नुको कारण शिक्षा तथा जनचेतनाको अभाव, कमजोर आर्थिक स्थिति र साँघुरो मानसिकताको कारण बालश्रम ब्यापक मात्रामा बढ्दै गएको राराब क्याम्पसमा विज्ञान संकाय स्नातक प्रथम वर्ष अध्ययनरत्त विद्यार्थी सरोज यादव बताउँछन् ।
यसलाई नियमन गर्नु पर्ने हो तर, नियमन गर्न स्थानीय तहमा पठाउनु पर्दा जनशक्ति अभाव र स्रोत साधनको अभावका कारण अनुगमन प्रभावकारी हुन नसकेको महिला तथा बालबालिका कार्यालय धनुषाकी दिपिका ओझा बताउछिन् । महिला तथा बालबालिका कार्यालयले गर्ने काम स्थानीय तहमा गइसकेका कारण बालश्रम निषेध र नियमन गर्ने जिम्मेवारी स्थानीय तहको पनि भएको ओझाको भनाइ छ ।
बाल बालिकालाई बालश्रममा लगाउनु सामाजिक मात्र नभई नैतिक तथा कानुनी अपराध हो । तर यो विषयमा जनकपुरवासी चेतनशील र जागरुक भएका छैन्न । आजका सुन्दर कलिला बालबालिकाले बाल्य समयमा लेखपढ गर्न पाए भोलि देश विकास गर्ने काम उनैबाट हुन्छ । तर मान्छे पैसा कमाउने र छिटै धनी बन्ने लोभमा बालबालिकालाई बालश्रममा प्रयागे गर्ने गर्छन् । बालश्रम रोक्न सरोकारबालाहरु गम्भीर हुनु अति आवश्यक छ ।
Source:-today patti