जनकपुरमा पर्यटक आकर्षण गर्न ‘ भीजीट जनकपुर डटकम ’ वेबसाइट शुरु हुने

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनकपुरधाम, कार्तिक ८ गते ।

जनकपुरमा पर्यटक प्रवद्र्धन एवं विकासको लागि भीजीट जनकपुर नामक वेबसाई शुरु हुने भएको छ । अन्तराष्ट्रिय स्तरमा जनकपुरको महत्व, विशेषता ईन्टरनेट मार्फत दर्शाएर पर्यटक आकर्षणको लागि कोड फर नेपाल र सहयोगी संस्थाहरुको सहकार्यमा भीजीट जनकपुर डटकम वेबसाईट आरम्भ गर्न लागिएको हो ।

कोडफर नेपालको अगुवाईमा अप्पन टीभी, ईन्टरनेट मार्केट टुडे लगायतको संस्थाहरु बिहीबार जनकपुरमा संयुक्त पत्रकार सम्मेलन गरी जनकपुरमा पर्यटन प्रवद्र्धन गरेर आर्थिक विकासको लागि भीजीट जनकपुर डटकम वेवसाईट ल्याउन लागेको जानकारी गराएका छन् ।

जनकपुरमा अन्तराष्ट्रिय पर्यटकलाई आकर्षण गर्ने गरी ईन्टरनेटमा जनकपुर लगायत वरपरका महत्वपूर्ण स्थानहरुको विषयमा जानकारी नराखिएकाले अव यहाँको नक्साको साथै सबै कुराको जानकारी भीजीट जनकपुर डटकम वेबसाईटमा राख्न लागेको ईन्टरनेट मार्केट टुडेका सञ्चालक अमित झाले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
भीजीट जनकपुर डटकम वेवसाईटमा जनकपुरको डिजीटल नक्सा, धार्मिक तथा ऐतिहासिक मठमन्दिर, पाटीपौवा, पोखरी तथा तलाउ, मिथिलाको भोजन परिकार, बस्ने आकर्षक होटेलको भिडियो एवं तस्वीरहरु राखिने उहाँले जानकारी गराउनुभयो । त्यस्तै जनकपुरको गौरव झल्काउने लेख रचना समेत वेबसाईटमा प्रकाशित गरिने छ ।

विश्व भरिका पर्यटकहरुको ध्यान यस वेबसाईटले आकर्षण गर्ने एवं जनकपुरयमा पर्यटकको संख्या बढेर यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने उद्देश्यको साथ अगाडी बढेको अप्पन टीभीका कार्यकारी निर्देशक नविन साहले बताउनुभयो ।

वेवसाईट निर्माणप्रति प्रदेश २ सरकार तथा जनकपुर उपमहानगरपालिकासंग समेत सकरात्मक रहेको र सहयोगका लागि तत्पर्ता देखाएको कोड फर नेपालका निर्देशक रोशन घिमिरेले बताउनुभयो । प्रदेश सरकार र जनकपुर उपमहानगरपालिका यसको लागि सहकार्य गरेर अगाडी बढ्ने आश्वासन दिएको उहाँले जानकारी गराउनुभयो ।

आफ्नो जन्मभूमिको लागि केहि गरौं भन्ने सोँचले सहयोगी संस्था एवं स्वयम सेवकहरुको सहकार्यमा यस्तो परियोजना अगाडी बढाएको कोड फर नेपालका संस्थापक एव १२ वर्षदेखि अमेरिकामा बस्दै आउनु भएका रविकुमारको भनाई छ ।