जनकपुरमा मुसहर समुदायका विद्यार्थीलाई सम्मान गर्दै अभिनेता उप्रेतीले भने ‘म पनि भैँसी चराएर यहाँसम्म आएको हुँ ’

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनकपुरमा मुसहर समुदायका विद्यार्थीलाई सम्मान गर्दै अभिनेता उप्रेतीले भने ‘म पनि भैँसी चराएर यहाँसम्म आएको हुँ ’

जनकपुरधाम, साउन ९ गते ।
जनकपुरमा मुसहर समुदायका १ सय ६६ एसइई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
नेपाली चलचित्रका चर्चित अभिनेता तथा उक्त कार्यक्रमका प्रमुख अतिथी निखिल उप्रेतीले विद्यार्थीहरुलाई सम्मान पत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो ।

बुधबार जनकपुरमा भोर संस्थाको आयोजना तथा नेपाल राष्ट्रिय मुसहर संघ एवंम् नेपाल ऋिषिवंश जनकल्यान संघको सहकार्यमा आयोजित कार्यक्रममा मुसहर समुदायका एसईई उतीर्ण लगायत मास्टर डिग्रीसम्मका सम्मका विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
विद्यार्थीहरुलाई सम्मानपत्र प्रदान गर्दै अभिनेता उप्रेतीले मुसहर समुदमयका विद्यार्थीहरुलाई जातपातको अधारमा आत्मबल कमजोर नबनाउन आग्रह गर्नुभयो । उहाँले आफु गरीब परिबारकै व्यक्ति भएको र भँैसी चराउँदै संघर्ष गरेर नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेतासम्म बन्न सफल भएको उदाहरण दिनुभयो । जातपातमा नलागि शिक्षा आर्जन गरेर व्यवहार सुन्दर बनाए जोसुकै व्यक्ति पनि आफ्नो गन्तव्य सम्म पुग्न सफल हुने अभिनेता उप्रेतीको भनाई छ । गरिब भएर सक्षम बन्नुको अनुभूति छुट्टै हुने गरेको बताउँदै अभिनेता उप्रेतिले आफु जुनसुकै बला पनि मुसहर समुदायका विद्यार्थीहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा १ सय ६६ जना एसइई उत्तिर्र्ण, ९३ जना कक्षा १२ का परिक्षार्थि, २१ जना स्नात्तक, ७ जना स्नात्तकोउत्तर र १ जना एमबिबिएस अध्ययनरत्त मुसहर समुदायका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । मोरङ्का १२ जना, सुनसरीका, ३ जना, सप्तरीका ८ जना, झापाका ५ जना, सर्लाहीका ४ जना, उदयपुरका ६ जना लगायत १ सय ६६ एसइई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा विशेष अतिथि प्रदेश सभा सांसद रामअशिष यादव, भोर संस्थाका अध्यक्ष राजकुमार सदा, चन्देश्वर सदा लगायतको सहभागिता रहेको थियो