जनकपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ को ज्यान गयो

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनकपुरधाम, फागुन १ गते ।
जनकपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जनकपुरबाट धनौजीतर्फ जाँदै गरेको ज ११ प २०७७ नम्बरको मोटर साइकल र जनकपुर तर्फ आउदै गरेको ज १ त ७३११ नम्बरको ट्याकर श्याम चोकमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक धनुषा, धनौजी गाउँपालिका बस्ने ३५ वर्षीय समिम अन्सारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतक मोटर साइकल चालकको सव पोष्टमार्टमकालागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । दुर्घटनापछि ट्याक्टर चालक फरार भएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक दिपक साहले जानकारी दिए