जनकपुरमा सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, दुई घाइते

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनकपुरधाम, जनकपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा दुईजना घाईते भएका छन् ।

विष्फोटमा परि ग्यास वेल्डिङ पसल सञ्चालg गg]{ जनकपुरधाम–७ बस्ने ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, घाइते हुनेमा स्थानीय १२ वर्षीय बालक रोहन साह र अटो रिक्सा चालक बिहारको बैरगिनिया बस्ने राजु गुप्ता रहेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बसपार्क नजिक वेल्डिङ पसलमा शुक्रबार अपरान्ह ग्यास सिलिण्डर विष्फोट भएको हो ।

घाइते दुबैजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक बडाबाबु झाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।