जनकपुरमा १५ किलो गाँजासहित ३ महिला पक्राउ

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनकपुरधाम, फागुन ८ गते ।
टुडेपाटी समाचारदाता
जनकपुरधाम, फागुन ८ गते ।
जनकपुरमा १५ किलो अबैध लागूऔषध गाँजा सहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला नुवाकोट ढुकुरे ३ का २६ वर्षीया कल्पना परियार, जिल्ला पर्सा औरहाका ६० वर्षीया फुलमति थरुनी र सोही स्थानका ४० वर्षिया जितनी चौधरी रहेका छन् । उनीहरुलाई जनकपुरको बसपार्कबाट मंगलवार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरी चेकिङ टोलिले बाटोमा पैदल हिडिरहेको अवस्थामा शंका लागेपछि चेकजाँच गर्दा उनीहरुको साथवाट उक्त परिमाणको अबैध लागूऔषध गाँजा बरामद भएको हो ।