डा. केसीका मागबारे कुनै मीडियासँग कुरा भएको छैन : प्रचण्डका प्रेस संयोजक

SHARES
Share on FacebookShareTweet on TwitterTweet

काठमाडौं, ४ साउन । चिकित्सा विद्येयकको विरोधमा अनसनरत डा. गोविन्द केसीका मागबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच समान धारणा रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

शुक्रबार नागरिक दैनिकमा ‘डा. केसीका माग जायज प्रचण्ड’ शीर्षकमा समाचार प्रकाशित भएपछि प्रचण्डको सचिवालयले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो । नागरिकले प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटालाई उदृत गर्दै गोविन्द केसीका मागमा प्रचण्डको समर्थन गरेको समाचार प्रकाशित गरेको थियो ।

शुक्रबार सापकोटाले एक विज्ञप्ति जारी गर्दै आफूलाई नसोधी समाचारमा आफ्नो नाम राखिएकोमा दुख प्रकट गरेका छन् । सापकोटाले भनेका छन्, ‘यस विषयमा नागरिक दैनिक लगायत कुनै पनि मीडियाकर्मी र मीडियासँग मेरो कुरा नभएको स्पष्ट पार्न चाहन्छु ।’

सापकोटाले डा. गोविन्द केसीका मागबारे प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र अध्यक्ष प्रचण्डबीच समान धारणा रहेकोसमेत उल्लेख गरेका छन् । यस्तो छ उनको विज्ञप्ति।