तिर्सना बुढाथोकीको खास रेट कति हो ?

SHARES
Share on FacebookShareTweet on TwitterTweet

तिर्सना बुढाथोकी उनकै भाषाामा अहिलेका हट मोडल हुन् । कुनै कुनै तरिकाबाट चर्चामा अाइरहने उनी हाल भिडियो र चलचित्रको अभिनयमा व्यस्त छिन् । उज्यालो नेपालसँगको भेटमा हामीले उनलार्इ केही प्रश्न सोधेका छाैँ ।

तिर्सना बुढाथोकीलाई कसरी चिन्ने ? परिचयन दिनुस न ।
सबैले मलाई हट मोडल नै भन्छन् । म मोडल नै हो किनकी मसँग राम्रो अभिनय गर्ने कला छ भन्ने लाग्छ ।

तपाईले त सामाजिक संस्कृति र सदभावलाई भडकाउने काम गरिरहेको छ भन्ने अरोप छ नि ?
मैले सामाजिक सदभाव भडकाउने काम गरेको छैन । तपाईले एकपटक मैले गरेको फोटो सुटको कुरा गर्नुभएको होला । त्यसबाहेक अरु मैले केही गरेको छैन ।

तपाईले त गीत पनि गाउनुहुन्छ ? अनि अभिनय पनि गर्नुहुन्छ ? तपाई आफूलाई के भन्न रुचाउनुहुन्छ ? गायिका या मोडल ?
मेरो स्वर धेरै राम्रो छैन । तर अभियन राम्रो छ त्यसकारण म  आफूलाई मोडल भन्न नै रुचाउँछु । अनि म फिल्मको नायिका पनि हुँ ।

यो क्षेत्रमा चाहिँ तपाई किन लाग्नुभयो नि ?
म एक सामान्य व्यापारि थिए । तर म नाच्न एकदमै ट्यालेन्ट नै थिए । पहिलोपटक बर्षाै पछि भेट भो भन्ने भन्ने गीतमा अभियान गर्दा मेरो स्किन लुक्स राम्रो आयो भनेर सबैले भने ।

तपाईको जीवनको लक्ष्य के हो ?
मेरो लक्ष्य अब चर्चित मोडल बन्ने मात्रै नभई समाजमा एउटा असल नारी बन्ने पनि हो । म अहिले त्यही लक्ष्यका साथ अघि बढिरहेको छु ।

त्यसो भए तपाईको जीवनको लक्ष्य बदललिएको हो ?
लक्ष्य त मेरो बदलिएको होइन । कलाकारितालाई म निरन्तरता नै दिन्छु । तर अब सामाजिक कार्यमार्फत आफूलाई असल नारीका रुपमा परिचित गराउँछु भन्ने हो ।

तिर्सना बुढाथोकीको बजारको खास रेट(दर) कति हो ? तपाईले आफ्नै मूल्य तोक्नुभएको छ ?
कुनै कार्यक्रम÷महोत्सवहरुमा जानुपर्यो भने म बिस हजार भन्दा कम्ति पैसामा जाँदिन । तर भिडियोहरुको सुटिङको लागि चाहिँ म दश हजार भए पनि जान्छु ।

अब बिहेको कुरा गरौँ न ? के छ बिहेको तयारी ?
मन पर्ने र आफूलाई बुझ्ने केटा आएमा पक्कै पनि बिहे गछु ।

तपाईको भनाइमा सेक्स के हो ?
हैट ! मन मिल्यो भने सेक्स ठूलो कुरा होइन ।

तपाईलाई अनुभव छ कि छैन ?
कुनै बेला थियो तर अहिले छैन र मलाई आवश्यक पनि छैन ।