दिनदहाडै पेस्तोल देखाएर लुटिए बैंक कर्मचारी !

SHARES
Share on FacebookShareTweet on TwitterTweet

दिनदहाडै पेस्तोल देखाएर लुटिए बैंक कर्मचारी

#सिरहा : सृजना सामुदायिक विकास केन्द्र सिरहा शाखाका कर्मचारी अर्नमाबाट फिल्डबाट आउदै गरेकोलाई ४ जना अज्ञात व्यक्तिले पेस्तोल देखाएर लुटेको छ ।

सिरहाको अर्नमा गाउँपालिका वडा नं. ३ अर्नमाबाट सृजना सामुदायिक विकास केन्द्र सिरहा शाखाका फिल्ड सहायक धनगढीमाई नगरपालिका वडा नं. ७, कसहाका हरेराम पण्डित र कनिष्ठ अधिकृत सुखिपुर नगरपालिका वडा नं. ७, बलही बस्ने लाल कुमार सिंहलाई आज –बिहीबार) करिब १ बजेको समयमा दिनदहाडै सिरहा नगरपालिका वडा नं. २२, सागरपुर र सिरहा नगरपालिका वडा नं. ९ ठेङ्गहीको बिचमा चार जना नकाबधारी समुहले पेस्तोल देखाई कुटपिट गर्दै दुई राउण्ड हवाई फाइर गरेर ३ लाख ९३ हजार नगद, सामसुङ्ग मोवाइल र चढी आउदै गरेको स. ४ प. ८५३५ नम्बरको कालो साइन मोटरसाइकल लुटेर भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता तथा डिएसपी माधव प्रसाद खरेलले बताएकाछन् ।

कुटाईबाट धाइते भएका पण्डित र सिंहको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको र लुटेराको खोजबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।