धनुषाका यी वडाध्यक्षले गरे आफ्नो सबै तलब सुविधा जनतामा बाँडने घोषणा !

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनकपुरधाम, १८ माघ । धनुषाका धनुषाधाम नगरपालिका एक वडाध्यक्षले आफ्नो तलब सुविधा आम जनतामा बाँडने घोषणा गरेका छन् ।

धनुषाधाको धनुषाधाम नगरपालिका वडा नं. ९ का वडाध्यक्ष संजीव यादवले स्थानीय तहबाट उपलब्ध गराईने सरकारी सेवा सुविधा वडाका जनताहरुमा बाँडने घोषणा गरेका छन् । केही दिन अघि मात्र सम्पन्न भएको दोस्रो नगरसभापछि वडाध्यक्ष यादवले यस्तो घोषणा गरेका हुन् ।

न्यूज ब्यूरोसँग कुराकानी गर्दै वडाध्यक्ष यादवले भने, – "जनतामा समर्पित छु । सरकारबाट प्राप्त हुने तलब सुविधाहरु आफनो वडाको आम नागरिकमा लगानी गर्नेछु, बाँडने छु । त्यसको लागि शिक्षाा, स्वास्थ्य र स्थानीय बालबालिकाहरु लगानी गर्नेछु ।"

आफू जनताको सेवक भएको भन्दै सरकारले उपलब्ध गराउने अबदेखिको तलब सुविधा उनीहरुमा नै विभिन्न शिर्षक तोकी लगानी गर्ने प्रतिवद्धता जनाए । वडाध्यक्ष यादवले यस्तो घोषणा  गरेपछि स्थानीयवासी खुसी भएका छन् भने एक असल स्थानीय जनप्रतिनीधिको परिचय दिएका छन् ।

वडाध्यक्ष यादवको यस्तो घोषणापछि स्थानीय अन्य जनप्रतिनीधिले समेत पाठ सिक्नुपर्ने बताइएको छ । वडाध्यक्षको यो कदम सराहनीय छ ।
1 feb,Janakpur Dham, Dhanunsha's Dhanushadham municipality has announced to distribute its salary facility to the general public.

Dhanushadham of Dhanusha Municipality Vada No. 9, Vice President of the 9th Sanjeev Yadav has announced to provide public service facilities available from local level to the people of Vadas. Vice President Yadav has announced that after the second municipality was completed only a few days ago.

Talking to the news bureau, Vadyan Yadav said, "I am dedicated to the people. I will invest in the common citizens of their wages and invest in education, health, and local children."

He said that the government has promised to invest in various types of subjects from now on. After the announcement of Vadyan Yadav, local residents have been happy and have introduced a good local public opinion.

After this announcement of Vadyan Yadav, local people have also been asked to learn lessons. This step of VADA is appreciable.