धनुषाका सबै सामुदायिक विद्यालयले अनिवार्य लागु गर्नुपर्ने यस्तो छ २३ निर्णय (पूर्णपाठ सहित)

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनकपुरधाम, माघ १७ गते ।

धनुषा जिल्लामा सामुदायिक विद्यालयहरुमा रहेको समस्याहरु निदान एवं विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न २३ वटा निर्णय गरिएको छ । शिक्षा विकास समन्वय इकाइ समिति धनुषाको मंगलबार बसेको बैठकले २३ वटा निर्णय गरी अनिवार्य कार्यान्वयनका लागि जिल्ला भित्रका सबै सामुदायिक विद्यालयलाई पत्र पठाइएको छ ।

बैठकले विद्यालयमा राजनीति एवं सभासम्मेलन रोक, विद्यार्थीलाई मोबाईल बोक्न रोक, विद्यालयको आयव्य पारदर्शिता, विद्यालयको भौतिक संरचना, फर्निचर, शौचालय व्यवस्थापन, विद्यार्थी र क्षिकलाई अनिवार्य पोशाक लगाउनुपर्ने, अतिरिक्त क्रियाकलाप , विद्यालय बाहिर रहेका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना लगायतको २३ वटा निर्णय गरेको हो ।

शैक्षिक अवस्था सुधारका लागि समितिले गरेको २३ वटा निर्णय अनिवार्य रुपमा कार्यान्वयन गर्न विद्यालयका प्रधानाध्यापकहरुलाई पत्र पठाएर निर्देशन समेत गरिएको शिक्षा विकास समन्वय इकाइ समिति धनुषाका अध्यक्ष बर्खुप्रसाद रजकले टुडेपाटीलाई जानकारी दिनुभयो । उहाँका अनुसार अव केहिदिन भित्रै नीजि विद्यालयको शैक्षिक अवस्था सुधारको लागि अर्को बौठक बसेर निर्णय गरिने छ ।

बैठकमा प्रदेश २ का सामाजिक विकामन्त्री नवल किशोर साह, शिक्षा विकास निर्देशनालय प्रदेश २ का प्रमुख , परीक्षा बोर्डका अध्यक्ष लगायतको विशेष उपस्थिति रहेको थियो ।

This is the 23 decision to comply with all community schools of Dhanusha
Janakpurhamam, Aug. 25

23 decisions have been made to diagnose community problems in community schools in Dhanunsha district and provide quality education to the students. The meeting of Education Development Coordination Unity Committee Dhanusha on Tuesday has sent a letter to all community schools within the district for mandatory implementation of 23 decisions.

The meeting has made 23 decisions in the school including ban on politics and assembly meetings, preventing students from mobilizing mobilization, school transparency, physical structure of school, furniture, toilets management, compulsory dresses for girls and tigers, extra activities, children outside school.

Branch Prasad Rajak, President of Education Development Coordination Unity Committee, Dhanusha, also directed the teachers to submit 23 decisions made by the Committee for the implementation of the necessary educational conditions.