धनुषामा जिल्लाको खजुरी गाउँपालिकामा अवस्थित नि.मा.बि स्कुलमा आज तनावग्रस्त भएका थिए।

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनकपुर असोज 12गते,
खजुरीमा अवस्थित नि.मा.वि.स्कुलमा दिनप्रतिदिन विवादको थलो बन्दै गइरहेको छ। कक्षा १० को अनुमति प्राप्त भएपनी विद्यालयमा न त शिक्षक नै छ न त विद्यार्थीलाई पढ्न किताब नै। विद्यालय प्रशासनले बारम्बार शिक्षक नियुक्त गर्ने आश्वासन दिएपनी त्यो आश्वासनमा मात्र सिमित रहेको छ.. यता शिक्षक नभएर कक्षा १०को पठनपाठन अवरुद्ध भएको छ, विद्यार्थीहरु नि.मा.वि. स्थरका शिक्षकरुबाट पढ्न विवश छन।

त्यही विषयमा कक्षा १० का विद्यार्थीहरुले हल्ला गरेपछि आज एउटा बैठक बसेको थियो जुन साझ ६.३० बजे बिना निस्कर्श टुङिएको थियो। आज बिहान स्कुलको समयमा फेरि अर्को बैठक बसेको थियो। खजुरी गाउँबासी तथा अभिभावकहरुलाइ स्कुलमा आइ यस विषयमा केही गम्भीरता पनि देखाइएको थियो। आज यस स्कुलमा भएका सम्पुर्ण शिक्षकहरुलाई बन्द गरि ताला लगाइएर बन्द कोठामै लामो समयसम्म ढोकिएको थियो । शिक्षकहरुको दिसापिसाब पनि कोठामै समेत गराइको जानकारी हामिले पाइएका छु। कति शिक्षकहरु त फेन्ट पनि भएको थियो भने जानकारी दिएका छन् ।

अर्को खबरमा, खजुरी नि.मा.वि. मै एउटा छात्रले कक्षा ९मा पढ्ने चन्हाकी एउटा छात्रालाई झापड हानेपछी विवाद चुलिएको थियो । दास टोलका केटाले धक्का हानेपछी त्यो केटीलाई टाउकोमा चोट लागेको थियो. केटिले धक्का हान्ने केटालाई झापड हानेपछि त्यो केटाले पनि त्यस केटीलाई झापड लगाएको थियो। त्यो छात्रा पछि बेहोस भएपछि विवादले अझै ठुलो रुप लिएको थियो।