धनुषामा भारतीय गाडीमा फेला परेको पुरुषको शव भएन सनाखत, गाडी जटही नाकाबाट पसेको खुलासा

SHARES
Share on FacebookShareTweet on TwitterTweet

Janakpur माघ 21 गते,
धनुषामा आइतवार विहान हत्या भएको अवस्थामा भारतीय गाडीमा फेला परेको शवको अझै सनाखत हुन सकेको छैन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर स्थित राजमार्गदेखि करिब ५० मिटर तल हरिहरपुर गाउ जाने कच्ची सडकमै अलपत्र अवस्थामा रहेको बिआर ०७ पिए ५०८७ नम्बरको महिन्द्रा एक्स यूभी ५०० मोडेलको जीपमा पुरुषको शव फेला परेको थियो ।
शव फेला परेपछि घटनाको सुक्ष्म अनुसन्धानका लागि प्रदेश २ प्रहरीको आग्रहमा प्रदेश नं. ३ प्रहरी कार्यालय हेटौडाको कुकुर शाखाबाट डग टोली (प्रशिक्षित कुकुर सहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । अनुसन्धानको क्रममा शव राखेको गाडीमा भएको छापहरु प्रहरीले संकलन गरेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक सरोज राईले जानकारी दिए । शवको अहिलेसम्म सनाखत हुन सकेको छैन । शवलाई पोष्टमार्टमका लागि आईतवार नै जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।
प्रहरीका अनुसार फेला परेको शवको दुवै खुट्टा भाँचिएको छ भने निधारमा समेत चोट देखिएको छ ।
अनुसन्धानको क्रममा शव राखेको गाडीको कागजातहरु बरामद भएको छ प्रहरी निरिक्षक राईले जनाए ।

प्रहरीका अनुसार शव फेला परेको भारतीय गाडी धनुषाको जटही नाकाबाट नेपाल छिरेको खुलेको छ । घटनास्थलमा बरामद भएको बिआर ०७ पिए ५०८७ नम्बरको गाडी माघ माघ १८ गते विहान ८ बजे जटही नाकाबाट गाडी चालकसहित ७ जना नेपाल प्रवेश गरेको बुझिएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दान बहादुर थापाले बताए ।
जटही नाकाबाट प्रवेश गरेको गाडीको चालक र मृत भेटिएको व्यक्ति त्यही चालक नै हो कि भनेर शंका गरिएको छ । घटनाबारे गहिरो अनुसन्धान थालिएको प्रहरी प्रवक्ता थापाले बताएका छन् ।
The deseased body has not yet been identified in the Indian car while Dhanusha was killed in the accident. Men’s body was found on the jeep of Mahindra X-U500 500 model, named BH 07 Pie 5087, which was in custody on the road to Hariharpur village, around 50 meters from Highway situated in Hariharpur-3 of Dhanusha under East-East Highway.
After the body was found, the State Police in the request of State Police for micro-investigation of the incident. Police team including a trained dog had reached the scene of the incident, police said in connection with the incident that took place in the vehicle carrying the dead bodies. Police Inspector of the Police Office Dhalkekar said that the dead body has not yet been identified. The dead body has been identified for the post of Martyrs. It is kept at Janakpur Zonal Hospital.
According to police, the founder body has been broken both legs and injuries on the forehead.
The police inspector Rai said that the records of the bodyguard were found during the investigation.

According to the police, the founder of the dead body was found …