धनुषामा स्वयम्बरपछि बेहुली (दुल्हीन) फरार !

SHARES
Share on FacebookShareTweet on TwitterTweet

Janakpur, 4 march
धनुषामा गएराती विवाह पूर्व गरिने स्वयम्वर रिवाजबाटै बेहुली फरार भएकी छन् ।

धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकुहाको महरा टोल स्थितबाट गएराती करिब १ बजे स्वयम्बरपछि दुल्ही अर्कै केटासँग फरार भएको ईलाका प्रहरी कार्यालय यदूकुहाले जनाएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. ३ बाट यदुकुहा महरा टोलको लागि निस्केको जन्ती स्व्यम्वर हेरेपछि बेहुली फरार भएको खवर पाएको बताइएको छ । 

ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक एवम् ईन्चार्ज भिम खड्काले जनाए अनुसार, यदुकुहाको रामटोल स्थित जन्ती आएकोमा राती १ बजे स्वयम्वर सम्पन्न भए लगत्तै आँखा छलेर बेहुली फरार भएकी हुन् । उनीहरुको खोजविन प्रहरीले तीव्र पारेको छ ।

स्वयँवरपछि नै बेहुली अर्कै केटासँग फरार भएपछि टोलमा खैलाबैला मच्चिएको छ भने जन्ती सजाएर आएका बेहुला पक्षसँग बेहुली पक्षको आन्तरिक छलफल भईरहेको जनाइएको छ । स्वयँवरपछि नै बेहुली भागेको धनुषामै पहिलो घटना भएको हो ।