धनुषामा ६५ वर्षे वृद्धले गरे १३ वर्षीया बालिकामाथि बलात्कार

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनकपुरधाम, असोज ३१ गते ।
धनुषाको औरही गाउँपालिका २ मा १० वर्षीया बालिका मनिता यादवलाई बालात्कार गरी हत्य भएको घटनाको एकसाता नवित्दै पुनः १३ वर्षीया बालिकामाथि बालात्कार भएको छ । धनुषाको विदेह नगरपालिकाकी १३ वर्षीया बालिकामाथि बालत्कार भएको छ ।

बालत्कार गरेको आरोपमा प्रहरीले धनुषाको विदेह नगरपालिका ७ का ६५ वर्षीय जागेश्वर ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई पैसाको प्रलोभनमा पारेर वृद्ध ठाकुरले गत सोमबार साँझ बलात्कार गरेको बताइएको छ ।

श्रोतका अनुसार घटनालाई स्थानीय केहि जनप्रतिनिधी र स्थानीय प्रहरीले समेत पैसाको चलखेल गरी ढाकछोप गर्न खोजेका थिए । तर घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।

आरोपी र बलात्कृत बालिकाको मंगलबार अपराहन्न जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।
श्रोतका अनुसार अहिले पनि घटना लुकाउन पीडीत परिवारलाई पैसाको प्रलोभन र दवाव दिइरहेका छन् । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।