निशान खड्काको हत्या गरिएको अवस्थामा शव फेला, खड्काको अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिए

SHARES
Share on FacebookShareTweet on TwitterTweet

प्रहरीले सिन्धुपाल्चोक ज्यामिरे ९ घर भई काठमाण्डौको काडाँघारीमा बस्दै आएका ११ बर्षिय बालक निशान खड्काको अपहरण पछि हत्या भएको पुष्टी गरेको छ ।

काडाँघारीमा बस्दै आएका बालक निशान खड्का सोमबार बिहान ९ बजे भक्तपुर ठिमी नगरपालिका वडा नम्बर ७ स्थित श्याम लवटको निर्माणधिन घरमा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे हाम्रा सहकर्मीसंग कुरा गर्दै महानगरिय अपराध महाशाखा टेकुका प्रवक्ता प्रहरी उपरिक्षक नरेन्द्र प्रसाद उप्रेतिले हत्याको पुष्टि गर्दै अपहरणकारी नियन्त्रणमा लिने क्रममा भएको मुडभेडमा २ जनाको मृत्यु भएको जानकारी दिए ।

बालक अपहरणमा परेको जानकारी पाए लगत्तै खोजतलास गरिएको र अपहरणकारी नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै लक्षित गरि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको उनले बताए ।

अपहरणकारीहरु भक्तपुरको पाईलटबाबा जंगलतर्फ भागेको सुचनाको आधारमा त्यसतर्फ गएको प्रहरी टोलिमाथि अपहरणकारीले आक्रमणको प्रयास गरेपछि प्रहरीले जवाफी कारवाही गरेको थियो । सो क्रममा नुवाकोट सामरीका २२ बर्षिय गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थली १ का २३ बर्षिय अजय तामाङको मृत्यु भएको हो । निशान आईतबार सांझा साढे ४ बजे देखि वेपत्ता थिए ।

अपहरणकारीले निशानकी आमालाई आईतबार राती ९ बजे अपहरणमा परेको जानकारी गराउदै फिरौति बापत ४० लाख रुपैया माग गरेका थिए ।

त्यस लगत्तै उनकी आमा चमेलीले प्रहरीलाई जाहेरी दिएपछि प्रहरीले सर्च अभियान सुरु गरेको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।
source by;hamrokalam