नेपाल- भारत सीमा क्षेत्रमा तारजालीले घेरेर कर्डाइ गर्ने चार्चाले सीमावर्ती भारतीय पनि चिन्तित

SHARES
Share on FacebookShareTweet on TwitterTweet

नेपाल- भारत सीमा क्षेत्रमा तारजालीले घेरेर कर्डाइ गर्ने चार्चाले सीमावर्ती भारतीय पनि चिन्तित
जनकपुरधाम, भदौ २७ गते ।

नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) ले सीमा क्षेत्रमा तारजालीले घेरेर कडाई गर्ने चर्चाले सीमावर्ती भारतीय जनता चिन्तित भएका छन् । सीमालाई तारजालीले घेर्दा भारत र नेपाल बिच संदियौंदेखि रहेको रोटीबेटीको सम्बन्धमा असर पर्ने भन्दै सीमावर्ती भारतीय पनि चिन्तित भएका हुन् ।

राजिव झा नेतृत्वकमा गठन भएको नेपाल भारत खुल्ला सीमा सम्वाद समूहले सीमावर्ती भारत मधुवनी जिल्ला पीपरौनका जनतासंग गरेको संवादको क्रममा उनीहरुले सीमामा तारजालीले घेर्नुभन्दा खुल्ला सीमा व्यवस्थापनमा दुवै देशका सरकारले जोड दिनुपर्ने बताएका छन् । मधुवनी जिल्ला पीपरौनका स्थानीय बासिन्दा अशेश्वर मुखियाले सीमामा तारजालीले घेर्दा पौराणिक कालदेखि रहेको दुवैदेशको रोटीबेटीको सम्बन्धमा खलल पुग्ने बताए । यस क्षेत्रमा दर्जनौं व्यक्तिको जग्गा पुस्तौदेखि नेपालमा रहेकाले जोतभोग गर्दै आएकोले तारजालीले घेर्दा खेतीपातीमा समेत समस्या उत्पन्न हुने मुखियाको भनाई छ ।
उनले सीमावर्ती व्यापार चौपट्ट हुनुको साथै आर्थिक विपन्नता उत्पन्न हुने र थुप्रै समस्याहरु सृजना हुने बताए ।
पीपरौनकै स्थानीय बासिन्दा लिलाधर सिंहले आफ्नो परिवारका सदस्यहरुको खासगरी नेपालमै विवाह भएको बताउँदै तारजालीले सीमा घेर्दा भोलीको दिनमा जटिलता उत्पन्न हुने बताए । उनले बरु दुवै देशका सरकारले तारजाली भन्दा खुल्ला सीमानाको कारण हुने गरेको गलत क्रियाकलाप रोक्न जोड दिनुपर्ने माग गरे ।

नेपाल भारत खुल्ला सीमा संवाद समुहले सीममा कडाई गर्ने रणनीतिले दुवै देशका जनतामा अगामी दिनमा हुने फाइदा र वेफाईदा सहितको प्रतिवेदन तयार गर्न दुवै देशका नागरिकसंग संवाद अभियान थालेको छ । सोहि क्रममा संवाद समुहका संयोजक झाको नेतृत्वमा मंगलबार भारतको पिपरौन पुगेर सीमावर्ती जनतासंग विमर्श गरेको थियो ।

अभियान चलाइरहेको नेपाल भारत खुल्ला सीमा सम्वाद समूहका अध्यक्ष राजीव झाले दुई देशबीच सम्वन्ध चिस्याउने प्रबुद्ध समूहले रिपोर्ट पेस गरेको बताए । सीमामा तार जाली होस् या परिचयपत्र होस्स्, यसलाई लागु गरेर आमजनसमुदायलाई कस्तो किसिमको समस्या हुने त्यसलाई सम्वाद माध्यमबाट रिपोर्ट तयार गरी सरकारलाई बुझाउने अभियान चलाएको बताए । नेपाल–भारत सीमामा आवतजावतका लागि ७० वटा नाका राख्ने र त्यहाँ परिचयपत्र देखाएर मात्र आवतजावत गर्ने व्यवस्था मिलाउने भारतीय पक्षको प्रस्ताव छ ।

मधेशमा आशंका र चिन्ताबीच इपिजीको प्रतिवेदनमा खुला सीमालाई नियन्त्रण गर्नुपर्ने, खुला सीमालाई तारबारले घेरेर सिलबन्दी गर्नुपर्ने, दुवै देशमा आवतजावत गर्दा परिचयपत्र वा प्रवेशपत्र बोक्नुपर्ने जस्तो नीति आउने चर्चा चलेको छ । सरकारले २०७२ माघ १४ गते प्रबुद्ध व्यक्ति समूह गठन गरेको थियो ।