प्रचण्डसँग भेटेर माधव नेपालले भने, ‘ओलीजीले पेल्न थाले, अब हामी मिलेर अगाडि बढौँ’

SHARES
Share on FacebookShareTweet on TwitterTweet

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यालय सदस्य माधवकुमार नेपालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पेलेको भन्दै गुनासो पोखेका छन् ।

भारत भ्रमणबाट आएलगत्तै नेपालले प्रचण्डसँग भेटेर गुनासो पोखेका हुन् । हालै भएको भेटका क्रममा नेपालले प्रचण्डलाई भनेका छनु, ‘ओलीजीले निरन्तर पेल्न थाल्नुभयो, एमाले हुँदा जस्ता हुनुहुन्थ्यो उहाँ त्यस्तै हुनुभयो, अब तपाई हामी मिलेर अगाडि बढौँ ।’

नेपालले जिल्ला तथा प्रदेशको संगठन निर्माणका क्रममा आफ्नो टिमलाई बेवास्ता गरेको गुनासो पोखेका छन् । आफ्ना कार्यकर्तालाई सबै तहको जिम्मेवारीबाट अलग गराइकोमा उनको गुनासो र आपत्ति थियो ।

प्रचण्डले भने माधवलाई कुनै जवाफ दिएका छैनन् । तर प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग छलफल गर्ने वचन दिएका छन् ।

त्यस्तै आगामी बैठकमा यो विषयमा गम्भिर ढंगबाट छलफल हुने भन्दै विषयवसतु राख्न प्रचण्डले सुझाएको जनाएको छ ।
Source: ujyaalonepal