प्रदेश २ को राजधानी ढल्केवर राख्न माग

SHARES
Share on FacebookShareTweet on TwitterTweet

प्रदेश २ को राजधानी धनुषाको ढल्केवर राख्नुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश २ को स्थायी राजधानी ढल्केवर राख्नुपर्ने माग गर्दै नागरिक समाजका अगुवाहरुको नेतृत्वमा ईलाका प्रहरी कार्यालय ढल्केवर मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

प्रदेश २ को राजधानीका लागि ढल्केवर सवै किसिमले उपयुक्त रहेको भन्दै मिथिला नगरपालिका वडा नं.७ का वडाअध्यक्ष युवराज उप्रेति, नागरिक अगुवा मेघबहादुर सेञ्चुरी र पत्रकार विजय कुमार साहद्धारा संयुक्त रुपमा हस्ताक्षरित ज्ञापनपत्र ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक सरोज राई मार्फत प्रधानमन्त्रीलाई बुझाएको हो ।

प्रदेश २ को पर्सा देखि सप्तरी र हाल तोकिएको प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरको समेत संगमस्थलको रुपमा परिचत ढल्केवर राजधानीको लागि उपयुक्त रहेको नागरिक अगुवा मेघबहादुर सेञ्चुरीले बताए । यस प्रदेशका जनताका लागि सहज कामकाज र आवत–जावतका लागि सवारी साधन सहज रुपमा उपलब्ध हुने भएकाले ढल्केवरलाई राजधानी बनाउन उपयुक्त हुने उनको दावी छ ।

प्रदेश नम्बर २ को पश्चिमी बेल्टमा रहेको विरगंजलाई राजधानी बनाउ“दा जनतालाई अपायक पर्छ सेन्चुरीले भने ‘सप्तरीको राजबिराज र सिरहाको लहान पनि राजधानीका लागि उचित छैन’ । प्रदेश २ को राजधानी पर्यटन एवं धार्मिक महत्वको सम्भावना बोकेको ढल्केवर नै उपयुक्त छ, उनले भने ।