प्रधानमन्त्री ओलीले दिए कांग्रेसलार्इ यस्ताे काउण्टर

SHARES
Share on FacebookShareTweet on TwitterTweet

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसतर्फ संकेत गर्दै जनताबाट अस्विकृत भएकाहरुले धेरै फूर्ति नलगाउन नै उपयुक्त हुने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई शुक्रबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्।उनले जनताले नपत्याएपछि अब चुरीफुरी गरी धेरै उफ्रिएर केहि नहुने जिकीर समेत गरे।

प्रधानमन्त्री ओलीले संसदमा साँसदहरुलाई सरकारका काम कारबाहीका बारेमा डटेर कुरा राख्न निर्देश्न पनि दिए ।
संसदमा एक दुईजना उभिएका भरमा संसद अवरुद्ध हुन दिन नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले असोज ३ गते सम्ममा कानुनहरु बनाइ सक्नु पर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसुचीलाई असर गर्ने बताए।उनले भने “यी सबै काम समयमै सक्नका लागि हाम्रा सांसदहरुले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिन जरुरी छ ”