प्लिज सेयर: देशका सच्चा नायकलाई क्रिकेट रङ्गशाला निर्माणको लागि साथ दिउँ

SHARES
Share on FacebookShareTweet on TwitterTweet

31 january , Janakpur

चिनवनको भरतपुर महानगरपालिकामा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया औपचारिक रुपमा शुरु भएको छ । धुर्मुस सुन्तली फाउन्डेशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच रङ्गशाला निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर महानगरपालिका–१६ को कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको २० बिघा जग्गामा क्रिकेट रङ्गशाला बनाउने सहमति भएको हो । रङ्गशालाको नाम ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ हुनेछ । गुरुयोजना तयार भएको दुई वर्षभित्र रङ्गशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउण्डेशनका प्रमुख सीताराम कट्टेल धुर्मुसले जानकारी दिनुभयो ।

आगामी छ महीनाभित्र सबै पूर्वाधार तयार गरी दुई वर्षभित्र काम सम्पन्न गरी महानगरलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ । फाउण्डेशनले निर्माण कार्यलाई चुस्त बनाउन सल्लाहकमार समिति, मूल समिति, निर्माण तथा व्यवस्थापन समिति, कानून समिति, आर्थिक समिति, प्राविधिक समिति निर्माण गरिएको छ । रङ्गशाला निर्माणको लागत रु तीन अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेशनले जनाएको छ । रङ्गशाला करीब ३० हजार दर्शक क्षमताको हुनेछ । रङ्गशाला नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना हुने तथा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का सम्पूर्ण मापदण्डहरु पूरा गर्ने बताइएको छ । रङ्गशाला कमलको फूल आकारको हुनेछ । बहुउपयोगी हुने यो रङ्गशालाभित्र फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, फिटनेस सेन्टरदेखि डन्डिबियोसम्म खेल्न सकिनेछ उल्लेख छ ।

नेपाललाई खेलकूदको केन्द्र बनाउन सके रोजगारको सिर्जना गर्ने, राष्ट्रलाई आर्थिक आम्दानी गराउँदै खेलको माध्यमबाट राष्ट्रराष्ट्रबीचको सम्बन्ध जोड्नुका साथै देशको नाम अन्तर्राष्ट्रिय जगतमा अझ उच्च बनाउन सकिने फाण्डेशनको विश्वास छ । शान्तिका अग्रदूत गौतमबुद्धका नामा निर्माण गरिने रङ्गशाला निमाणले धार्मिक पर्यटनको समेत सम्भावना रहेको छ । रङ्गशालाको निर्माण घोषणासँगै एस ट्राभल्सले रु तीन करोड दिने घोषणा गरेको छ । त्यसैगरी अल्का अस्पतालले रु २५ लाख, रवीराज सिंहले रु ११ लाख, कृष्ण आचार्यले रु पाँच लाख ५५ हजार ५५५ र मुक्तिनाथ विकास बैंकबाट रु पाँच लाख सहयोग गर्ने भएको छ । यसैगरी कलाकार बद्री पंगेनीले रु एक लाख, प्याब्सनकी दीपिका थापाले एक लाख १० हजार, मह सञ्चारले रु एक लाख पाँच हजारलगायत घोषणा भएको छ ।

The International Cricket Stadium construction process has been formally started in Bharatpur Metropolitan Municipality. In the program organized by the Dharmus Santali Foundation today, the agreement has been signed with the Foundation and Bharatpur Metropolitan Municipality for construction of the construction work for the construction work. The Bharatpur Metropolitan Municipality-16, owned by Tribhuvan University, has agreed to make a Cricket Championship at 20 Bigha area, which is being consumed by Agriculture and Forest University. Gautam Buddha will be named ‘Gautam Buddha International Cricket Championship’. Sitaram Kattail Dharmus, chief of the foundation, which will be transferred to Metropolis, will be constructed in two years after the plan was prepared.

In the next six months, all the infrastructure is prepared and completed within two years in the agreement to transfer the work to the metropolis. The foundation has been constructed by the committee to strengthen the construction work, the committee has been constructed by the Committee of Committee, Basic Committee, Construction and Management Committee, Law Committee, Economic Committee and Technical Committee. Cost of construction of the building is Rs. 3 billion. Founding the financial source from voluntary support received from Nepalese Nepalese countries, Foundation said. The building will be around 30 thousand spectators. The Nepalese originality is said to be sampled and sampled in the world and fulfilling the entire criteria of the International Cricket Council (ICC). The size of the wardrobe will be shaped. This is a multi-useful feature that can be played within football, volleyball basketball, badminton, fitness center, dandibio.

Creation of jobs can make Nepal a center of sports, creating financial relations with the nation, connecting the relationship between the two countries through the medium of play, and the country’s belief that the name of the country can be higher in the international world. The possibility of religious tourism can be constructed by the construction of the constituency of Gautam Buddha. With the declaration of the construction of the building, S Travels has declared Rs. 300 million. Likewise, Alka Hospital has Rs.25 lakh, Ravi Raj Raj Singh, Rs. 11 lakh, Krishna Acharya will have Rs 5 lakh 55 thousand 555 and Rs 500 million from Mukitnath Development Bank. Likewise artist Badri Pengni, a million rupees, Deepika Thapa of the Pubusan has announced Rs. 100,000, Mah Communications has also announced Rs. 5 lakh five thousand.