फेसबुक, भाइबर, ट्विटर चलाउनेमाथि कर लगाउने तयारी

SHARES
Share on FacebookShareTweet on TwitterTweet

काठमाडौं । सरकारले अब सोसल मिडियामा पनि कर लगाउने भएको छ । फेसबुक, भाइबर, ट्विटर तथा ह्वाट्स एपजस्ता सोसल मिडियामा कर लगाउने तयारी सरकारले थालेको हो ।

अर्थ मन्त्रालयले यस्ता सोसल प्लेटफर्ममा कर लगाउनका लागि गृहकार्य शुरु गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थले आन्तरिक राजस्व विभागलाई यस्ता प्लेटफर्ममा कर लगाउनका लागि आवश्यक तयारी गर्न निर्देशन दिइसकेको राजस्व सचिव शिशिरकुमार ढुंगानाले जानकारी दिए ।

‘मन्त्रालयले सोसल मिडियालाई पनि करको दायराभित्र ल्याउन आवश्यक देखिएकाले करको दायराभित्र पार्न निर्देशन दिएको हो । सरकारले करका नयाँ क्षेत्रहरू पहिचान गरी करको दायरा बढाउन लिएको नीतिसँगै सोसल मिडियामा पनि कर लगाउने तयारी थालेको हो ।
source by;ujyaalonepal