बससँग ट्रक ठोक्किँदा चार जनाको मृत्यु

SHARES
Share on FacebookShareTweet on TwitterTweet

बससँग ट्रक ठोक्किँदा चार जनाको मृत्यु
काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना ६ ख १७४१ नम्बरको बससँग पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।

चितवनका डिएसपी प्रभुप्रसाद ढकालका अनुसार दुर्घटनामा रौतहट चपुरका ट्रक चालक ३४ वर्षीय मोहन घिसिङ, सोही ठाउँका ट्रकका सहचालक ३० वर्षीय बुद्धिमान लामा, बसमा सवार काठमाडौँ थानकोटका ४८ वर्षीय विष्णुप्रसाद थापा र ताप्लेजुङ खुम्लिङ नगरपालिका– १ का ४२ वर्षीया तारा बरालको मृत्यु भएको छ।

मृतक चारैजनाको उपचारका क्रममा मृत्यु भएको हो। घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेजमा तथा चार जनाको चितवन मेडिकल कलेमा उपचार भइरहेको छ ।
source by;onsnews