बागी २’ की सुन्दरी नायिका दिशा पटानीको चलचित्र करियरकै सर्वाधिक ठूलो सफलता, अक्षयसँग ‘हाउसफुल ४’मा रोमान्स गर्दै

SHARES
Share on FacebookShareTweet on TwitterTweet

काठमाडौं । ‘बागी २’ की सुन्दरी नायिका दिशा पटानीले चलचित्र करियरकै सर्वाधिक ठूलो सफलता पाएकी छिन् । त्यो हो बलिउडकै सुपरस्टार अक्षयकुमारको अपोजिट रोल पाउनु ।

हालै रिलिज भएको उनको फिल्म ‘बागी २’ले बक्स अफिसमा धूम मच्चाइरहेका बेला टाइगर श्राफकी प्रेमीका समेत रहेकी सुन्दरी दिशाले अक्षयकुमारको अपोजिट रोल पाउनुलाई बलिउडमा विेशष रुपमा हेरिएको छ ।

जसका कारण उनको चर्चा शिखरमा पुगेको छ । रिपोर्ट अनुसार दिशालाई अक्षयकुमारसँग काम गर्न ‘हाउसफुल ४’मा अफर गरिएको हो । यो फिल्ममा पहिले नै कृति सोनालाई लिड रोलका लागि फाइनल गरिए पनि दिशाको पछिल्लो चर्चाका कारण पनि उनलाई राृजीएको भारतीय मिडियाले उल्लेख गरेका छन् । फिल्ममा सोनाक्षी सिन्हा र कियारा आडवाणी लगायतको भूमिका हुने पक्कापक्की छ ।