बालुवाटार बैठकमा नेकपा महासचिव विष्णु पौडेलले लगेको कालो ‘ब्याग’मा के छ ?

SHARES
Share on FacebookShareTweet on TwitterTweet

काठमाडौं । बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक बसिरहेको छ । ढिलो गरी सुरु भएको बैठक जारी छ ।

बैठकमा नेकपा महासचिव विष्णु पौडेलले एउटा कालो ब्याग लिएर गएका छन्
। टनक्क भरिएको देखिने त्यो ब्यागमा के होला ? तपाईहरुलाई जिज्ञासा लाग्न सक्छ ।

तल्लो तहमा पार्टी एकतालाई छिटो टुङ्ग्याउने विषयमा छलफल गर्न बसिरहेको बैठकमा नेकपा महासचिव पौडेलले सबै कार्यदलहरुबाट प्राप्त प्रतिवेदन कालो पृष्ठभूमिमा बुट्टा कुँदिएको झोलामा हालेर लिएर गएका छन् ।

केन्द्रीय कमिटी तहमा पार्टी एकता भएपनि विभाग, जनबर्गीय संगठन र आयोगहरुको एकता अझै हुन सकेको छैन । यसैगरी प्रदेश, जिल्ला र स्थानीय निकायका कमिटीहरुमापनि एकता टुङ्गिन सकेको छैन ।

तल्लो तहमा एकताका लागि गठन गरिएका कार्यदलहरुले पेश गरेको प्रतिवेदनहरुका विषयमा आज छलफल हुने बताइएको छ।
Source: UjyaaloNepal