बिसाधी मदिरा पिउँदा मलेसियामा ७ नेपाली को मृत्यु ११ गम्भीर अबस्थामा उपचाररत ।

SHARES
Share on FacebookShareTweet on TwitterTweet

क्वालालम्पुर मलेसिया

मलेसियाको सेलाङ्गर राज्यका विभिन्न स्थानमा विषाधि मदिरा पिउँदा ७ नेपालीको मृत्यु हुनका साथै ११ जना गम्भीर अबस्थामा उपचाररत रहेका छ्न ।

सबैभन्दा ठुलो सङ्ख्यामा १५ जना भरना भएको सुङ्गाइपुलो हस्पिटलमा ६ जना नेपालीको मृत्यु भैसकेको छ । मृत्यु हुनेहरुमा रुपन्देहीका राम कुमार यादब,डडेल्धुराका विशाल बुडाथोकी,सुनसरीका संजय उराउ,इलामका बलबहादुर कुलुङ,सर्लाहीका आइत सिङ गोले र एक नेपाली नै भएको तर पहिचान खुल्न नसकेको सब हस्पिटलमा रहेको हस्पिटल श्रोतले जानकारी दियो।

सुङ्गाइपुलो हस्पिटल बाट अहिलेसम्म कुनैपनी बिरामी डिस्चार्ज नभएको र उपचाररत ९ जना नेपालीको स्वास्थ अवस्था गम्भीर रहेको हस्पिटलले जनाएको छ । अहिले सुङ्गाईपुलो हस्पिटलमा बाराका राधे स्याम बैठा ,रुपन्देहीका रामचन्द्र लोध,गोर्खाका लोक बहादुर बराम,नबल्परासीका दुर्गा सिंह राणा,ठेगाना खुल्न नसकेका सुकवल घिसिङ ,ठेगान नखुलेका राजेस कुमार, इलामका बिमल कार्की, पाँचथरका तेत वीर तुम्बाप्पो र मोरङका जम्बिरलाल झागड उपचाररत छन ।

मलेसियाको कजाङ हस्पिटलमा सेप्टेम्बर १७ बेलुकी देखि आज बुधबार बिहान ९ बजे सम्ममा ७ जना बिरामी भरना भएका मध्य बेसेरी ३ धादिङका मिम बहादुर घलेको गत राती हस्पिटल मै उपचारकै क्रममा मृत्यु भएको थियो भने काजाङ मै भर्ना भएका सिन्दुलीका जितबहादुर माझी र रिखामान स्याङ्गतन हस्पिटलमा उपचाररत छन। हिजो नै काजाङ हस्पिटलमा भरना भएका मध्य संखुवासभाका लगुनाथ मगर,बर्दियाका प्रबिण थारु, दुर्गा बहादुर राई,भागिमान डागी भने साधारण उपचार पछि खतरा मुक्त भएका भन्दै डिस्चार्ज भएका थिए ।

एक जना मात्रै एड्मिट भएको बान्तिङ्म हस्पिटलमा भने ठेगान खुल्न नसकेकी सरु मगर उपचाररत छिन।

मदिरा पदर्थ सेबनबाट स्थानीय इन्डियन मुलका नागरिक नेपाली बाङ्लादेसि म्यान्मार देशका नागरिकहरु समेतको मृत्यु भएको र केही उपचाररत रहेको हस्पिटल श्रोतले बताएको छ ।

मलेसिया स्थित नेपाली राजदुताबास क्वालालम्पुरले राती नै खबर पाएलगत्तै सबै हस्पिटलमा स्थल गत भ्रमण गरी नेपालीहरुको स्वास्थ स्थिति र मृत तथा उपचाररत नेपाली हरुको जानकारी लिएर अपरान्ह प्रेस बक्तब्य निकाल्दै आबस्यक अनुसन्धान र प्रक्रियामा सकिए लगतै मृतकका शबहरु अन्तिम दाहसंस्कारको लागि संबंधित रोजगारदाता कम्पनीहरुसङ सम्मन्वय गरेर मृत सबहरुलाइ स्वदेश फिर्ता पठाउने बक्तब्यमा उल्लेख गरेको छ।

आफन्तहरु द्वारा हस्पिटलमा भरना गरिएको र मृत्यु भएको भनिएका सोलुखुम्बु सोताङका भेस बहादुर कार्कि लगाएत अन्य सङ्कास्पद मृत्यु भयो भनेर दूतावास पुगेका आफन्तहरु लाई दूतावासले हस्पिटल गएर पहिचान खुल्न नसकेका बिरामी र शब लाई हेर्नलाइ अनुरोध गर्दै पहिचान खुल्न आएमा दूतावासलाई जानकारी गराउन समेत अनुरोध गरेको छ।

यो भन्दा पहिला पनि मादक पदर्थ सेननका कारण थुप्रै नेपालीको मृत्यु भएको भएता पनि अहिलेसम्मकै ठूलो सङ्ख्यामा एकैपटक घटेको यो घटनाले दूतावास परिवार स्तब्ध भएको र सोकाकुल परिवार जन प्रती समबेदना प्रकट गर्दै उपचाररत रहेका नेपालीको स्वास्थ लाभको कमना राजदुतावास क्वालालम्पुर ले बक्तन्य मार्फत ब्यक्त गरेको छ ।

लामो समय हुने बिदा, नेपाली चाडपर्वहरु आउदा यि र एस्ता घटना धेरै घट्ने भन्दै सबैलाइ सम्यमित भएर आफ्नो स्वास्थको ख्याल गर्न सबैलाइ अनुरोध गर्दै के कारणले एति ठुलो सङ्ख्यामा नेपालीहरुको मृत्यु भयो सबहरुको पोस्टमार्टम रिपोर्ट आएपछी था हुने रे मृत सब तथा उपचाररत बिरामीहरुको अबस्था बारे सिदै दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ।

मलेसियाका थुप्रै ठाउँहरुमा रहेका नेपाली होटल व्यावसायिले अबैधानिक रुपमा मदिरा बिक्री गर्दै आएका छ्न जस्ले गर्दा पनि दिनानुदिन यी र एस्ता घटना दिन प्रतिदिन बढेर गएएको जानकार हरुको ठहर छ ।