बुगीवुगीले किन सार्वजनिक गरेन टप ३ प्रतिष्पर्धीको भोट ?

SHARES
Share on FacebookShareTweet on TwitterTweet

चर्चित डान्स रियालिटी शो बुगीवुगीको ग्राण्ड फिनाले शनिबार काठमाडौंस्थित एपीवान टेलिभिजनको कार्यालयमा सम्पन्न भयो ।

हजारौँ प्रतिष्पर्धीबाट छानिँदै टप ३ मा आइपुगेका काभ्रेका सरोज मोक्तान, तनहुँकी प्रगती पुन र सर्लाहीकी कविता नेपालीलाई प्राप्त भोटको आधारमा शनिबार नतिजा सार्वजनिक गरिएको थियो ।

प्राप्त नतिजाअनुसार बुगीवुगीको टाइटल कविताले जितेकी छिन् । दोस्रो स्थान प्रगतीले ओगटिन् भने सरोज तेस्रो बने ।

अन्तर्राष्ट्रिय स्तरको नेपालकै सबैभन्दा बढी पुरस्कार राशी भएको यो कार्यक्रमको भोट भने सार्वजनिक भएन । कुन प्रतिष्पर्धीलाई कति भोट प्राप्त भयो भन्ने कुरा सार्वजनिक नगर्दा एपीवान र बुगीवुगीको टिम विवादमा परेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा बुगीवुगीले भोट सार्वजनिक नगरेको विषयलाई लिएर आलोचना भइरहेको छ ।

एपीवानका एक कर्मचारीले भने बुगीवुगीमा प्राप्त मत कम भएकाले भोट सार्वजनिक नगरेको बताए । ‘नेपाल आइडलमा जस्तो करोडौँ भोट यसमा आएन, थोरै मतले हारजित भएकाले हामीले सार्वजनिक गरेनौँ’ उनले भने ।