बैंक तथा वित्तीय संस्थाले संस्थागत कमजोरी लुकाई मिलोमतोमा इन्जिनियरलाई फसाएको आरोप

SHARES
Share on FacebookShareTweet on TwitterTweet

काठमाडौं बैशाख १२ । बैंक तथा वित्तीय संस्थाले विभिन्न झूटा आरोप लगाएर सम्पत्ति मूल्यांकनकर्ताहरूलाई (भ्यालुएटर दःख दिने गरेको इन्जिनियरहरूले बताएका छन् ।

यस्तो कार्यले भ्यालुयर्स एसो सिएसनका सदस्य इन्जिनियरहरूको पेसा तथा व्यवसायमाथि आच पुगेको नेपाल इन्जिनियर्स एसोसिएसनले जनाएको छ ।केही बैंक तथा वित्तीय संस्थाहरूबाट एकतर्फी रूपमा विभिन्न किसिमका भूटा अभियोग लगाई दुःख दिने कार्य गर्दै आइरहको घटनाप्िरत एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ,’ एसो सिएसनको विज्ञप्तिमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाहरूबाट
सम्बन्धित ऋणीको सम्पत्ति मुल्याकंन गर्नेे सन्दभर्मा उपलब्ध कागजातका आधारमा स्थलगत निरीक्षण गरी सम्पत्ति मुल्याकंन गर्दै आइरहेकोमा हाल वित्तीय

निर्देशिकाविपरीत संस्थागत कमजोरी लुकाई बैंक तथा ऋणीबीचको मिलोमतोमा मूल्यांकनकर्ता इन्जिनियरहरूलाई अनाहक फसाउने , कालो सूचीमा राख्ने , ठगी तथा बैंकिङ कसुरको अभियोगमा मुद्दा चलाउंदै आएको एसोसिएसनले बताएको छ ।
‘ सम्पत्ति मूल्यांकनकर्ता इन्जिनियर हरूलाई प्िरतवाद गर्ने तथा सुनुवाइको मौका नदिई बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो गल्ती एवं कमजोरी ढाकछोप गर्न स्वेच्छाचारी ढंगबाट एकतर्फी कारबाही चलाउने प्रवृत्ति तत्काल रोकिनुपर्छ,’विज्ञप्तिमा भनिएको छ । हालै एसोसिएसनका सदस्यलाई नबिल बैंकले विभिन्न भूmटा आरोपमा मुद्दा लगाई कारोबार माराखेको घटनाको विरुद्धमा नेपाल भ्यालुयर्स एसोसिएसनद्वारा जारी विरोधका कार्यक्रममा आफ्नो समर्थन रहेको जनाएको छ ।

यो विषयमा बैंकर्स संघ सँग जिज्ञासा राख्दा अध्यक्ष अनिलकेशरी शाहले वास्तविकता बुझे र मात्र प्रतिक्रया दिने बताए । उनले भने , ‘ सबै भ्यालुयटर्स र सबै बैंक राम्रा÷नराम्रा छन् भने र त्यत्तिकै भन्न सकिँदै न, त्यसका लागि तथ्य प्रमाण चाहिन्छ ।’ इन्जिनियर्स एसोसिएसन तथ्यसहित बैंकर्स संघ÷सम्बन्धित बैंकमा आएमा छानबिन गरी टुंगोमा पुग्न सकिने शाहले बताए ।